
इलाम, २७ साउन : इलामको देऊमाई नगरपालिकाका कर्मचारीले कार्यालयमा रहेको नयाँ जीप कार्यालयको कामबिना नै शनिबार पनि चलाउने गरेको पाइएको छ । हिजो साउन २६ गते शनिबार कार्यालयको मे१झ १३० नम्बरको गाडि कार्यालयको काम बिना नै झापाको दमक पु¥याएर फर्काइएको छ ।
गाडिमा कार्यालयका कर्मचारीका अलावा केही जनप्रतिनिधी पनि रहेको पाइएको छ । गाडिमै चडेका कर्मचारी स्रोतका अनुसार शनिबार उक्त गाडि लिएर मरिमराउ भएको घरमा कर्मचारीहरु दमक पुगेका हुन् ।
कार्यालयका एक कर्मचारीको ससुराली घरमा केहीदिन अघि मरिमराउ भएको र त्यहाँ मानो चामल लिएर जान कर्मचारीले उक्त गाडि प्रयोग गरेको पाइएको छ । शनिबार मरिमराउमा जानेमा कार्यालयको उक्त गाडिमा नअँटाएका अन्य जनप्रतिनिधीसहित कर्मचारी अर्को एउटा निजी जीपसमेत रिजर्भ गरेर गएका थिए ।
कार्यालयको गाडि र त्यसको इन्धनमा त कार्यालयको खर्च दूरुपयोग भएको छ नै अर्को गाडि भने कुन स्रोतबाट लगिएको हो भन्ने खुलेको छैन ।
सन्दकपुर अनलाइनबाट साभार