इलामको धोविधारा छेउमा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिंदा दुइ जना घाइते

इलाम,  १ भदौँ, इलामको धोविधारा छेउमा सिङ्फिरीङ जानेबाटो नजिकै मोटरसाईकलले पैदल यात्रुलाई ठक्कर दिंदा पैदल यात्रु र मोटरसाइकल चालक घाइते भएका छन् ।  
मे ३ प ७८१४ नं.को मोडरकाइकलले इलाम नगरपालिका ६ वस्ने तारा भट्टराईलाई ठक्कर दिंदा उनको खुट्टामा र हातमा चोट लागेको छ भने इलाम नगरपालिका १२ वस्ने मोटरसाइकल चालक मणि लिम्वुको टाउकोमा चोटलागेको छ । अहिले घाइतेहरुको इलाम अस्पतालमा उपचार भईरहेको छ भने मोटरसाइकल जिल्ला ट्राफिक कार्यालयले नियन्त्रणमा लिएको जिल्ला ट्रफिक कार्यालय इलामले  जनकारी दिएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता