भारी वर्षाका कारण उपत्यकाका विभिन्न भाग डुबानमा, देशभरका ठूला नदीमा बाढी

काठमाडौं। काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, धोविखोला, रुद्रमती लगायत देशभरका ठूला नदीमा बाढी आएको छ ।
उपत्यकाका कतिपयस्थान डुबानमा समेत परेका छन् । बागमतीको पानीको सतह पूलभन्दा माथिसम्म आएको थियो । उपत्यकाका अन्य विष्णुमती, धोविखोला, रुद्रमतीलगायत नदीमा आएको बाढीले विभिन्न ठाउँ डुबानमा परेको छ । बाढीका कारण काठमाडौंको बानेश्वर, बुढिनिलकण्ड, कालोपुल, अनामनगर, सुन्दरीजल आसपासको क्षेत्र डुबानमा परेको हो । राति १ बजे देखि बाढी पसेपछि नदी किनारका बासिन्दा प्रभावित भएका छन् ।
सुन्दरीजलमा एउटा कुखुरा फर्म डुबाउँदा २ सय कुखुरा मरेका प्रहरीले जनाएको छ । मुलुकका अन्य ठूला नदी कालिगण्डकी, अरुण, सुनकोशी, तमोर र सप्तकोशीमा पानीको सतह खतराको तह नजिकै पुगेको छ । कोशीको चतराभन्दा तल सप्तरी र सुनसरीमा डुबानको खतरा रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ । यस्तै पर्वतको कुस्मा कालिगण्डकीमा बाढी आएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता