
रुकुम । रुकुम पश्चिमको मुसीकोट नगरपालिमा १४ का एक व्यक्तिले आफ्नै छोरा र भाईको हत्या गरेका छन् ।
जिल्लको मुसीकोट नगरपालिका ३६ वर्षिय शंकर बिष्टले ६ वर्षिय छोरा सुदर्शन बिष्ट र अपांग भाई २० वर्षिय गोकर्ण बिष्टको खुकुरी प्रहार गरी हत्या गरेको रुकुम प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले खुकुरी प्रहार गरी अन्य दुई छोराहरुलाई घाईते बनाएका छन् । घाईते मध्ये एक छोरको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।
उनले आफै माथि पनि खुकरी प्रहार गरी आत्महत्याको प्रयास गरेको पनि प्रहरी प्रमुख खड्काले बताएका छन् ।
न्युज ट्वान्टीफाेरबाट साभार