घरमाथी खसेकाे पहिरोले पुरिएर एकजना बेपत्ता

प्यूठान। केहिदिन पहिलेदेखी परेको अविरल वर्षातसगैं आएको पहिरोमा पुरीएर प्यूठानमा एकजना वेपत्ता भएका छन् ।

जिल्लाको गौमुखी गाउपालीका-४ डाँडागाउका झलक वहादुर सुनार वेपत्ता भएका हुन् । विहान करिव ७ वजेतिर घरमाथीवाट एक्कासी पहिरो आउँदा घरभित्रै वसिरहेका सुनार वेपत्ता भएका हुन् । घर माथिबाट खसेको पहिरोमा पुरिएर ३२ वर्षिय सुनार वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारि दिएको छ ।

पहिरोमा परि स्थानीय देब बहादुर सुनार र रमेश सुनारको घरगोठ समेत बगाएको छ । ईलाका प्रहरी कार्यालय ठुलावेसी लिवासेबाट प्रहरी घट्नास्थलतर्फ पुगेको छ । साथै वेपत्ता भएका सुनारको खाेजीकार्य जारी छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता