
इलाम, ३१ साउन: नेपाल विद्यार्थी संघको रत्न राज्यलक्षमी क्याम्पसको इकाइमा इलामका सञ्जिव ढकाल सर्वसम्मत अध्यक्ष चयन भएका छन् । केन्द्रीय अध्यक्ष नैन सिंह महरले पठाएका आधिकारिक केन्द्रीय प्रतिनिधि विरेन्द गिरिको उपस्थितीमा भएको इकाई भेलाले ढकाललाई सर्वसममत अध्यक्ष बनाएको हो ।
ढकाल रत्नराज्य कम्पसमा विद्यार्थीका माझमा लोकप्रिय नेता मानिन्छन् । लामो समयदेखि आरआरमा इकाइ कमिटि रिक्त थियो । संगठनलार्इ चुस्त दुरुस्त बनाउन तथा क्याम्पसको अध्यानअध्यापनमा सहजीकरण गर्न आफुले भुमिका खेल्ने अध्यक्ष ढकालले बताए।
