- सबिन सिटौला

साउन पनि आधा बितिसकेको थियो ।त्यस गाउँमा भ्यागुताको विवाह गराइदिँदा पानी आउँछ भन्ने जनविश्वास थियो ।एक दिन गाउँलेहरू भेला भई एक जोडी भ्यागुताको बिहे गराइदिने अठोट गरे ।
त्यो गाउँमा एक जना नरप्रसाद नाम गरेको मान्छे पनि बस्थ्यो।बिहान साढे आठ बजेतिर नरप्रसादले आफ्नी पत्नीलाई भन्यो ," ए बुढी , छिटो अलिकति भात पस्कि।आज नौ बजेदेखि नै भकारे धारोमा भ्यागुताको बिहे छ।जानुपर्ने , ढिलो भैसक्यो ।"
नरप्रसादको कुरा सुनेपछि उसको करिब चार वर्षको छोरोले उत्कण्ठाका साथ सोध्यो ," बाबा , भ्यागुताको बिहे छ रे?भ्यागुताको बिहे कस्तो हुँदोरछ, म पनि हेर्न जान्छु नि ल? मलाई पनि भ्यागुताका बेहुला बेहुली हेर्ने मन छ ।मलाई पनि लानु ल बाबा?"
हुन्छ छोरा ।तँलाई पनि लगिहाल्छु नि ।नरप्रसादले भन्यो ।
भ्यागुताका बिहेमा जान पाइयो , भ्यागुताका बिहेमा जान पाइयो भन्दै नरप्रसादको छोरो बुरुकबुरुक उफ्रिन थाल्यो ।