
बिर्तामोड, २८ साउनः विराट ज्योति अंग्रेजी मावि बिर्ताबजारले शिक्षकहरुको क्षमता बृद्धिका लागि दीर्घकालीन विकासको लागि शिक्षा नामक दुई दिने तालिम सम्पन्न गरेको छ । समय अनुकुल शिक्षण सिकाइका लागि तालिमको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल तारा प्रसाईंले बताए ।

विद्यालयका ४० जना शिक्षकको सहभागिता रहेको तालिमको सहजिकरण स्मार्ट माइन्ड काठमाडौँका निर्देशक पर्शुराम निरौलाले गरेका थिए । २१औँ शताब्दिमा शिक्षण र सिकाई, शिक्षणको उपयोगिता, बालमनोविज्ञान, असल शिक्षकमा हुनु पर्ने गुण, पाठ योजना, सिर्जनात्मक शिक्षण, कक्षाकोठा व्यवस्थापनमा शिक्षकले खेल्नु पर्ने भूमिकालाई आधार बनाएर तालिम सञ्चालन गरिएको प्रिन्सिपल प्रसाईँले जानकारी दिए ।
प्रभावकारी शिक्षण गर्न तालिमले सहयोग पु्¥याउने विद्यालयका शिक्षक बताउँछन् । तालिम प्रयोगात्मक तवरले सञ्चालन गरिएको थियो ।