इलामका तरकारी तथा फलफुल व्यावसायिहरु संगठीत हुँदै

इलाम, २९ साउनः इलाममा तरकारी तथा फलफुल व्यापारीहरु अहिले विचल्लीमा परेका छन् । 
इलामको तल्लो बजारमा व्यापार व्यवसाय गर्दै आएका व्यावसायिहरु नगरपालिकाले कम्प्लेक्स बानाउँने भन्दै हटाए पछि सानो टुंडिखेलमा वस्दै अएका थिए । सानो टुंडिखेलमा खेलकुद विकास समितिले आफ्नो खेलाडीहरुले खेल खेल्ने ठाउँमा तरकारी व्यावसाय गर्ने नदिने भए पछि विचल्लीमा परेका हुन । 
अहिले आएर तरकारी व्यावसायिहरु संगठीत भएर अगाडि वढ्ने प्रक्रियामा छन् सोही क्रममा उनीहरुले तरकारी तथा फलफुल व्यावसायि समिति गठन गरेका छन् । आज  उनीहरुले  भिम प्रसाद सञ्जेलको अध्यक्षतामा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा रुपेश शाह, सचिप खगेन्द्र सञ्जेल, कोषाध्यक्ष लक्ष्मण राई, सदस्यहरुमा पार्वती पौडेल, जुनिता राई, अनिल शाह, चित्रकला लिम्बु र हिमा देवी खतिवडा रहेका छन् । 
समितिले भविष्यमा कानुनीरुपज्ञमा सवै प्रक्रिया पुरा गरेर अगाडि वढ्दै व्यवस्थित तरकारी बाजारको लागि पहलगर्ने समितिका अध्यक्षले माइपोखरी न्युजलाई जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता