कृत्रिम अभाव सृजना गरी किलोमै १५ रुपैयाँ वढ्याे चिनीकाे भाउ

मोरङ । सरकारले चिनी आयातमा बन्देज लगाएदेखि बजार मूल्य बढ्दै गएको छ। सरकारले बन्देज लगाएको एक सातामा विराटनगरमा चिनीको मूल्य एक केजीमा १५ रुपैयाँ बढेको हो।

व्यापारीले क्रृत्रिम अभाव सिर्जना गरी मूल्य बढाएका हुन्। गत भदौ ३१ गतेको संघीय सरकार मन्त्रिपरिषद्को निर्णयले चिनीको आयातमा असोज ४ गतेदेखि परिमाणत्मक बन्देज लगाएको छ। एक साताअघि केजीको ६५ रुपैयाँमा पाइने चिनी अहिले ८० रुपैयाँ पुगेको छ।
विराटनगरसँगै जोडिएको भारतीय बजार जोगबनीमा प्रतिकेजी ५४ मा पाइने चिनी यहाँका सर्वसाधारण २६ रुपैयाँ महँगो तिर्न बाध्य छन्। विराटनगरस्थित भाटभटेनी सुपरमार्केटले भने चिनीको मूल्य प्रतिकिलो ५९ यथावत राखेको छ। माटभटेनीले यो दरमा एक उपभोक्तालाई दुई किलो मात्रै चिनी दिँदै आएको समाचार कान्तिपुरमा छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता