
बिर्तामोड ११ कातिकः चम्लागाईँ प्रतिष्ठान बिर्तामोडको अध्यक्षमा भेषराज चम्लागाईँ चयन भएका छन् । शनिबार बिर्तामोडमा भएको भेलाले अध्यक्षमा भेषराज सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा गोबिन्द चम्लागाईँ, सचिव जयराम, कोषाध्यक्ष दिपा र सदस्यमा नेत्रप्रसाद, लोकनाथ, गौरी, यामनाथ, नवराज, र तुलसा चम्लागाईँ रहेका छन् । चम्लागाईँ प्रतिष्ठान झापा अध्यक्ष माधव चम्लागाईँको अध्क्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका झापा सचिव नारायण चम्लागाईँले बन्धुत्वको भावना जागृत गराउन र चम्लागाईँलाई एकिकृत गर्ने उद्देश्यले झापा जिल्ला भर सबै स्थानीय तहमा समिति विस्तार कार्य चलिरहेको बताए ।
भेलाले हरीप्रसाद चम्लागाईँको संयोजनमा ७ सदस्य नगर सल्लाहाकार समिति चयन गरेको छ । समितिको सदस्यमा पून्यप्रसाद चम्लागाईँ, टि.एन, माधव, महेश्वर, गीता, लोकनाथ चम्लागाईँ रहेका छन् ।