
बिमल अधिकारी
११ कार्तिक देउमाइ: पाचथरमा दशै तिहारको बिचमा थुप्रै फुटबल प्रतियोगिता संचालन भइरहेका छन। जस अन्तर्गत सदरमुकाम फिदिमको फिदिम माबी को खेल मैदानमा कार्तिक १० देखि दोस्रो तरुण गोल्डकप फुटवल प्रतियोगिता शुरु भएको छ । पाचथर जिल्लाका आठ ओटा स्थानीय तहका आठ टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेता लाई नगद रु एकलाख एक हजार एकसय छैसठ्ठी , उपबिजेता लाई एकाउन्न हजार एक सय छैसठ्ठी ,प्रत्येक खेलको उत्कृष्ट खेलाडिलाइ रु एकहजार, खेल भरिको उत्कृष्ट खेलाडी र उच्च गोलकर्तालाइ रु पच्चीस सय पुरस्कार प्रदान गरिने बताइएको छ। प्रथम पुरस्कार नेपाली काङ्ग्रेस दक्षिण कोरिया पाचथर काङ्ग्रेस समूहले प्रायोजन गरेको प्रतियोगिताको फाइनल खेल कार्तिक १६ गते हुने छ।
तरुण छैसठ्ठी औ स्थापना दिवसको दिन बाट शुरु गरिएको प्रतियोगिताको उदघाटन नेपाली काङ्ग्रेसका प्रबक्ता बिश्व प्रकाश शर्माले गर्नु भएको आयोजक नेपाल तरुण दल पाचथरका अध्यक्ष सुमन लामाले बताउनु भयो ।
यसैगरी पाँचथरको कुम्मायक गाउँपालिकाको यासोकमा कार्तिक नौ गते बाट करेन्ट दोस्रो कुम्मायक रनिङ आमन्त्रण गोल्डकप-२०७५ सन्चालन भइरहेकोछ । करेन्ट चाउचाउको मुख्य प्रायोजन, बिरुवा कन्स्ट्रक्सनको प्रथम पुरस्कार प्रायोजन र कुम्मायक गाउँपालिकाको प्रबर्द्धन रहेको प्रतियोगितामा बिजेताले १ लाख ११ हजार १११ रुपैंयाँ ,उपबिजेताले नगद ५५ हजार ५५५ रुपैंयाँ , र प्रत्येक खेलको उत्कृष्ट खेलाडीले रु ३००० र हार हुँदै बाहिरिने टिमलाइ मायाको चिनो प्रदान गरिने बताइएको छ। । पाचथरका आठ वटै स्थानीय तहका आठ वटा टिमको सहभागिता रहेको खेलको फाइनल कार्तिक १५ गते हुने छ।पृथ्वी माबी को खेलमैदानमा भइरहेको खेलको आयोजना कुम्मायक स्पोर्टिङ क्लब कुम्मायकले आयोजना गरेको क्लबका उपाध्यक्ष गोबिन्द फुएलले बताउनु भयो।