इलाम, ११ कातिकः “समुदाय प्रहरी साझेदारी” कार्यक्रम इलाम लगायत देशभरी शुरु भएको छ । आइतबार नेपालका ७७ वटै जिल्लामा यो कार्यक्रम शुरु भएको हो ।
यस साझेदारीअन्तर्गत स्थानीय तहहरु र जिल्ला प्रहरी कार्यालयहरु वीच संयुक्त प्रयासमा सामुदायिक सचेतना तथा अपराध रोकथाम, प्रहरी विद्यालय सम्पर्क कार्यक्रम, स्थानीय तहको सेवा प्रवाहमा प्रभावकारी सुरक्षा समन्वय, प्राविधिक सुरक्षा उपकरणको स्थापना र विस्तार, सामुदायिक गस्ती र प्रभावकारी प्रहरी परिचालन, एकीकृत स्वयम्सेवक परिचालन,फरार अपराधी पक्राउमा समुदायको रचनात्मक सहयोग, सूचना आदानप्रदान, तथ्याङ्क संकलन तथा अद्यावधिक, वातावरण संरक्षण तथा प्राकृतिक स्रोतको दोहन नियन्त्रण जस्ता कार्यहरु सम्पादन हुनेछ ।
यस कार्यक्रमअन्तर्गत आधारभूत सुरक्षा, महिला बालबालिका तथा जेष्ठ नागरिक विरुद्धको अपराध र हिंसा नियन्त्रण, सामाजिक विकृति विसङ्गति नियन्त्रण, मान बेचबिखन नियन्त्रण, एकीकृत घुम्ती शिविर, सडक सुरक्षा, लागू औषध निषेध र मदिरा नियन्त्रण, विपद् व्यवस्थापन, साइवर सुरक्षा, वातावरण संरक्षण जस्ता कार्य गरिनेछ ।
साझेदारीलाई प्रभावकारी बनाउनका लागि कार्यगत संयन्त्र निर्माण गरिने र यसअन्तर्गत समुदाय प्रहरी पालिका समिति, समुदाय प्रहरी वडा समिति, समुदाय प्रहरी टोल समिति, प्रहरी विद्यालय सम्पर्क समिति जस्ता संयन्त्रलाई क्रियाशील बनाइने भएको छ । यस्ता समितिहरुले कुनै पनि किसिमको विवाद, भैmझगडा, लेनदेन लगायतका विषयमा छलफल गराउने र मुद्दा हेर्ने कार्य भने नगर्ने तर मुद्दाको प्रकृति हेरी सम्बन्धित निकायमा जानका लागि सूचना दिने सम्मका काममा मात्र सीमित राख्नेछ ।
यसै विच इलाम नगरपालिका र जिल्ला प्रहरी कार्यालय इलाम बीच समुदाय प्रहरी साझेदारीका लागि समझारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारी पत्रमा जिल्ला प्रहरी कार्यालयको तर्पmबाट प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठ र इलाम नगरपालिकाको तर्पmबाट नगर प्रमुख महेश बस्नेतले हस्ताक्षर गर्नु भएको छ ।
समुदाय प्रहरी साझेदारी समझदारी पत्रको हस्ताक्षर सम्पन्न भएको अवसरमा २०७५।७।११ गते दिउँसो १२ बजे इलाम नगरको महानन्दचोकमा इलाम नगरपालिकाले सडक सुशासन तथा सुरक्षा एवम् सरसफाइका लागि पर्चा वितरण तथा सरसफाइ गरी इलाम नगर क्षेत्र भित्रको मेची राजमार्ग खण्डको सरसफाइ तथा सुरक्षाका लागि चेतना अभिबृद्धि गर्न नगर प्रहरी टोली परिचालन गर्ने भएको इलाम नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहले बताउनु भएको छ ।