आज कुन राशि भएकालाई कस्तो फल हेर्नुहोस् आजको राशिफल

वि.सं. २०७५ कार्तिक १२ गते सोमवार , ईसवीय सन् २०१८ अक्टोवर २९ ,कार्तिक कृष्ण पंचमी , सूर्योदय विहान ६ः१२ ,सूर्यास्त बेलुकी ५ः२२, नक्षत्रः मृगशीरा, योग ः शिव, करणः तैतिल, चन्द्र राशिः मिथुन
मेषः— आफन्तजनबाट सामान्य धन लाभ होला । दौडधुपमा सामेल हुनुपर्दा मन चन्चल हुनेछ ।
बृषः— नकारात्मक सोचका कारण कार्यक्षेत्रमा समस्या आउन सक्छ । यात्राको सम्भावना छ । 
मिथुनः— दैनिक रोजगारहरु फस्टाउने योग छ । दिनको मध्यान्नमा विशेष लाभ होला ।  
कर्कटः—धार्मिक क्षेत्रमा मन जानेछ । मनोरञ्जनको क्षेत्र सामान्य रहला । 
सिंहः— राजनीतिक क्षेत्रबाट लाभ हुने योग छ । सामान्य मान सम्मानमा बृद्धि होला  । 
कन्याः— विशेष व्यक्तिको सहयोगले विशेष काम बन्नेछ । सामाजिक क्षेत्रमा मन जाला । 
तुलाः— व्यापार व्यवसायमा खेलाउनाका सामानबाट लाभ मिल्नेछ । बैदेशिक क्षेत्रमा विशेष लाभ होला  ।
बृश्चिकः— घाँटी तथा छातीको समस्याले दैनिक स्वास्थ्यमा बाधा पर्ला । सामान्य ज्वरोको भय छ ।
धनुः— साहित्यमा रुची बढ्नेछ । वित्तिय संस्थाबाट सामान्य नाफाको योग छ ।  
मकरः—  मनमा हर्ष र उमंगले वास पाउला । मनोरञ्जनमा मन जानेछ ।
कुम्भः— रोकिएका कामहरु बन्नेछन् । दिनको अन्त्यमा सामाजिक कार्यमा समय व्यतित होला । 
मीनः— मन अशान्त होला । चंचल स्वभावका कारणले शुभकार्य गुम्न सक्छ सचेत रहनुहोला  ।         
     “कर्म र भाग्य दुवैमा विश्वास गरौँ ।”

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता