
रातो मासु, छाला वा त्यसमा हुने वोसोले नसर्ने खालका रोग त बढाइरहेकै हुन्छ भने प्रत्यक्ष सम्बन्धित जनावरमा रहेको रोगसमेत सर्ने संभावना उत्तिकै हुन्छ । अस्वस्थकर मासुका कारण तत्कालै टाइफाइड, झाडापखला, क्षयरोग, आउँ, पेट फुल्ने, मृगौलाको रोग, क्ओसटियल इन्फेक्सन, फुड पोइजनिङ आदि समस्या आउने गर्छ । अझ दसैंको समयमा मुटुरोगी तथा उच्च रक्तचापका बिरामीलाई सोझै असर गर्ने रातो मासुका परिकार हुन्छन् । त्यो पनि अत्याधिक मात्रामा चिल्लो हालिएका । रातो मासु र चिल्लो दुवै मुटुका बिरामीलाई हानिकार खानेकुरा हुन् ।
चिकित्सका अनुसार मुटुका बिरामी र उच्च रक्तचाप भएका बिरामीले योसमस्याबाट जोगिन रातो मासु अर्थात खसी र राँगाको मासु नखाने, रक्सी सेवन नगर्ने, धुम्रपान नगर्ने, चिल्लो पदार्थ कम गर्ने, कुखुरा माछा पनि थोरै मात्रामा खाने, चिल्लो बढी भएको माछा मासु तथा अन्य खानेकुरा खाँदै नखाने, नुन धेरै हालिएको खानेकुरा खानु हुँदैन । मुटुका बिरामीहरुले एक दुई टुक्रा सेतो मासु र प्रसस्त मात्रामा हरियो सागसब्जि तथा फलफुल खानु नै सबैभन्दा उत्तम हुने डा. श्रेष्ठले बताए ।
मिर्गौला रोग
चिकित्कहरुका अनुसार बढी चिल्लो र मदिराका कारण मिर्गौला असन्तुलन हुन गई मिर्गौला फेल समेत हुन सक्छ । त्यसकारण मिर्गौला रोग लागिसकेकाले चाडबाडका नाममा मासु र अत्याधिक चिल्लो छुनु नै हुँदैन ।
मृर्गौला धेरै रक्सीका कारण असन्तुलित हुन पुग्छ । रक्सीले हाम्रो शरीरको मेटाबोलिजममा असर गर्छ । वियर खाँदा शरीरमा पानीको मात्रा बढ्न जान्छ । त्यति नै मात्रामा शरीरमा बाहिर गएन भने शरीरमा पानीको मात्रा बढ्न गई मिर्गौलालाई असर गर्छ । मदिराजन्य पदार्थमध्ये बियर र वाइनमा अल्कोहलको मात्रा कम हुन्छ भने रम, जिन, भोड्का, ब्राण्डी, हृविस्की आदिमा अल्कोहलको मात्रा बढी हुन्छ । रक्सी पेटमा पुगेपछि सोसिएर रगतमा मिसिन्छ र बग्दै शरीरको सबै भागमा पुग्छ । मधुमेहको औषधि सेवन गरिरहेका व्यक्तिहरुले रक्सी सेवन गरेमा मिर्गौला फेल हुने सम्भावना हुने उनको भनाई छ ।
मधुमेह रोग
डा.श्रेष्ठका अनुसार चाडबाडको समयमा मधुमेह भएका बिरामीले चिनी र चिनीबाट बनेका परिकार खानु हुँदैन । यस्तै यस्ता बिरामीले प्लास्टिक र टिनमा राखिएका अचार, ड्राइफुड, फलफूल, जङ्कफुड छुनै हुँदैन । बिरामीले मह, केक, पेय पदार्थ, हर्लिक्स, बोर्न्भिटा, आइसक्रिम, जाम, जेली, सख्खर, तेल वा घ्यूमा तारेका खाना वा बोसोजन्य उत्पादन आदि खानु हँुदैन । धूमपान र मद्यपान त पटक्कै गर्नु हुँदैन ।
मधुमेहीलाई थोरै मात्रामा चामल, गहुँ, मकै, फापर, कोदो, जौ, चिउरा, भुजा , कर्नफ्लेक्स, चाउमिन, गेडागुडी (दाल, चना, बोडी, सिमी, भटमास, केराउ, मुसुरो, राजमा आदि) खान हुन्छ । यस्तै माछा, मासु, अन्डा, फलफूल, वनस्पती तेल थोरै परिमाणमा खान मिल्छ तर स्वास्थ्यको ख्याल गरी निकै थोरै परणाममा मात्र यस्ता खाने कुरा खान डा. श्रेष्ठले बिरामीलाई आग्रह गरे ।
उनका अनुसार मधुमेहका रोगीले स्वास्थ मानिस सरह हरिया सागसब्जी, करेला, काउली, गोलभेँडा, स्कुस, घिरांैला, सलाद, साग, काँक्रो, सेतो मुला, बन्दा, रायो, कुरिलो, चम्सुर, पालुङ्गो, गाँजर, कागती आदि खान मिल्छ ।मसलाजन्य पदार्थहरूमा जिरा, मरिच, मेथी, बेसार, अदुवा, खुर्सानी, सुप, धनियाँ खान कुनै समस्या हुँदैन । यस्तै पेय पदार्थमा चिनी तथा घ्यू नभएका चिया, कफी, सुप खान सकिन्छ ।
युरिक एसिडका बिरामी
डा.श्रेष्ठका अनुसार युरिक एसिड भएका व्यक्तिहरुले रातो मासु, रक्सी तथा बढी प्रोटिनयुक्त खाना सकभर खानु हुँदैन । अन्य सामान्य मानिसले पनि बढी रातो मासुको सेवन गर्नाले युरिक एसिडको जोखिम बढाउँछ । यदी यस्ता समस्या भएका मानिसले यस्तो खाना बढी मात्रामा खाएमा हड्डी कँुज्जिने, जोर्नीबाट पीप बग्ने र प्यारालाइसिस् पनि हुन सक्छ । चाडपर्वमा माछा मासु मात्र खाने होइन, यसको साथै सागसब्जी र फलफूल पनि त्यति नै मात्रामा खाने गर्दा फाइदा हुन्छ ।
कलेजोका बिरामी
दसैंको समयमा खानामा ध्यान नदिँदा कलेजो विग्रन सक्छ । विशेषगरी कलेजो मदिरा र बोसोयुक्त तथा चिल्लो खानाले विग्रन सम्भावना हुन्छ । मानिसको रगतमा रहेको अल्कोहलको मात्रा जति बढ्दै जान्छ यसले दिमाग र स्नायू प्रणालीलाई त्यति नै नकारात्मक प्रभाव पनि पार्दै जान्छ । रक्सीलाई पचाउने काम कलेजोको हो । कलेजोमा रक्सी जम्मा हुँदै टुक्रिँदै जल्दै जान्छ, यसक्रममा प्रशस्त ऊर्जा उत्पन्न हुन्छ । त्यो ऊर्जा खर्च नभएमा बोसोमा परिवर्तन भई कलेजो, रक्तनली र मुटुमा जम्मा हुनपुग्छ । रक्सीलाई पचाउन कलेजोले धेरै जोडतोडका साथ काम गर्नुपर्ने भएकोले कलेजो थाक्छ, त्यहाँ बोसो जम्मा हुँदै जान्छ । कलेजोमा बोसो बढ्दै गएपछि त्यसले कलेजो नष्ट हुँदै जान्छ अनि ‘लिभर सिरोसिस’ र कलेजोले काम गर्न छोड्छ । त्यसकारण दसैंको समयमा मदिरा र मासु खाँदा विशेष ध्यान दिन डा. श्रेष्ठ सुझाब दिन्छन् ।
बाथका बिरामी
युरिक एसिड बढेर नै बाथरोग लाग्ने सम्भावना अत्याधि हुने भएकाले यो रोग लागेकाले युरिक एसिड भएकाको जस्तै खानपिनमा विशेष ध्यान दिन आवश्यक छ । वाथ रोग भएकालहरुले दसैंको समयमा खसी, राँगो आदिको रातो मासु, रक्सी, शाकाहारी भए पनि पालुङ्गोको साग, तामा, गुन्द्रुक, अमिलो पदार्थ, काउली नखाँदा नै राम्रो हुन्छ । खाने परेमा पनि निकै थोरै खाने र बिहान शारीरिक अभ्यास गर्नु पर्ने हुन्छ । बाथ खानाको कारणले गर्दा हुने रोग भएकाले बढी चिल्लो, प्रोटिनयुक्त खाना, मदिरा र धुम्रपान नगर्दा नै राम्रो हुन्छ ।
कस्तो व्यक्तिले कति मासु खाँदा असर पर्दैन
मानिसहरु पनि दसैं नै हो भनेर खानसक्ने गरी मासु खान्छन् । दसैंमा विशेषगरी रातो मासु पाक्ने भएकाले जतिसक्दो खाँदा स्वस्थ मानिसलाई पनि असर पुग्छ भने रोगीलाई थप असर गर्दछ । तसर्थ, आफ्नो रोगको प्रकृति हेरेर खानु उचित हो ।
स्वस्थ मानिसले दिनभरमा १ सय ५० ग्राम मासु खानु उपयुक्त हुन्छ ।
कोलेस्ट्रोल भएका मानिसले बोसो नभएको मासु खानुपर्छ ।
कोलेस्ट्रोलका रोगीले खसीको मासुको साटो ह्वाइट मिट नतारेरै अर्थात थोरै तेल हालेर पकाएर खाँदा फाइदाजनक हुन्छ ।
– यदि रातो मासु खाएपनि त्यो छाला र बोसोरहित हुनुपर्छ ।
– दसैंमा धेरैको घरघरमा खसी काट्ने भएकाले आन्द्रा, भुँडी, कलेजोदेखि सबै भाग खाइन्छ । खसीको मासुमा चिल्लोको मात्रा धेरै हुने भएकाले भरसक कम खाँदा नै राम्रो । सकेसम्म ग्रेभी मासु खानु हुँदैन ।
मोटो पना भएका व्यक्तिले एकदिनमा मासुको ३(४ पिसमात्र मासु खान राम्रो हो ।
यदि रक्तअल्पत्ता छ भने कलेजो खाँदा फाइदा हुन्छ ।
युरिक एसिड भएका मानिसहरुले रातो मासुको साटो माछा खानु लाभदायक मानिन्छ ।
ग्याष्ट्रिक्सका बिरामीले तारेको, पोलेको मासुभन्दा पनि नुन, पानी, जिरा, लसुन, अदुवा हालेको मासु खानु बेस हुन्छ ।
मधुमेहका बिरामीले समय समयमा खाना खानुपर्ने भएकाले दसैंको बेला पूजाआजा तथा पकाउने कुरामा व्यस्त भएपनि बेलाबेलामा खानेकुरा खानुपर्छ । दूध, फलफूल तथा चिनी नहालेको कालो चिया खाइरहनुपर्छ । मधुमेहका रोगीले पनि भरसक रातो मासु नखाँदा नै राम्रो । मासुबाहेक दाल, गेडागुडी, पनिर, दूध, दही, तोफु खादि खाँदा राम्रो ।