दशमीको अघिल्लो दिन अर्थात आज महानवमी हेर्नुस् कुन राशि भएकालाई कस्तो फल ?


वि.सं. २०७५ कार्तिक १ गते बिहिवार, ईसवीय सन् २०१८ अक्टोवर १८ ,आश्विन शुक्ल नवमी, महानवमी, तुला संक्रान्ति , सूर्योदय विहान ६ः०५ ,सूर्यास्त बेलुकी ५ः३२, नक्षत्रः श्रवण, योग ः धृति, करणः कौलव , चन्द्र राशिः मकर
मेषः— कुरा काट्नेबाट टाढा रहनु बेस हुनेछ । आर्थिक समस्या थपिएला । 
बृषः— विद्या बढ्नुका साथै कार्यक्षेत्रबाट लाभ हुनेछ । सहयोगीहरु बढ्नेछन् । 
मिथुनः— लामो दूरीको यात्रा सफल होला । घरपरिवारमा खुसीको माहोल बन्ला । 
कर्कटः— धार्मिक क्षेत्रमा मन जानेछ । दिनको अन्त्यमा धनलाभ होला  ।
सिंहः— नगरेका कामको अपयश आउन सक्छ । स्वास्थ्यमा समान्य बाधा रहने योग छ ।
कन्याः— बोलिको कारणले हात लाग्न लागेको धन हानि हुनेछ । धर्म कर्मतिर मन लगाउनु उचित छ ।  
तुलाः— मित्रको सहयोगले काम बन्ला । घरमा धार्मिक कार्य सफल रहला ।      
बृश्चिक ः— पारिवारिक क्षेत्रमा केही रमाइलो वातावरण बन्ला । यात्रा सम्भव छ । 
धनुः— आफ्नो प्रगतिमा डाहा गर्नेहरु बढ्नेछन् । व्यापारमा सामान्य उतारचढाव आउला । 
मकरः—  मकर राशि हुनेलाई आज शुभ रहेको छ । मन प्रफुल्ल रहला । मानसम्मानमा पनि बृद्धि हुने योग छ । 
कुम्भः— अध्ययन अध्यापन कार्यमा बाधा आउन सक्छ । काम देखाएर लाभ उठाउने योग छ । 
मीनः— मिष्ठान्न भोजनमा सरिक हुनुपर्ला । आफन्तजनसँग रम्ने समय छ ।     
        “कर्म र भाग्य दुवैमा विश्वास गरौँ ।”


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता