गोविन्दले आयल्र्यण्डबाट इलाम आएर रहसललाई सहयोग सँगै छोरा छोरीको जन्मदिन मनाए

इलाम, १२ कार्तिकः झापाको शिवसतासी वस्ने गोविन्द वोहोरा (कमल) लामो समयदेखि आयल्र्यण्डमा वसोवास गर्दै आएका छन् । उनी एक छोरी, एक छोरा र श्रीमती सँग त्याहाँ वसोवास गर्दै अएका हुन । समय समयमा नेपाल आउँदा इलामको रहसल वाल अनाथलयलाई सहयोग गर्दै आएका छन् । उनले यस अघि पनि अक्षयकोषमा रकम जम्मा गरिदिएका थिए । 
गोविन्दले सोमबार आफ्नी नौ वर्षिय छोरी गृषिका वोहोरा र  पाँच वर्षिय छोरा जर्ज बहोराको जन्मदिन यहाँ आएर मनाएका हुन । गोविन्द श्रीमती सहित आफ्नी आमा र सासुआमालाई पनि सँगै लिएर अनाथालय आइपुगेका थिए । उनले आफुले यस अनाथालयमा सानो सहयोग गरेको वताउँदै स्रोत व्यवस्थापनको खातामा पनि रकम जम्मा गरिदिएका छन् । उनी नाताले अनाथालयका अध्यक्ष राजेन्द्र चौहानका भाञ्जा हुन उनी भन्छन् मामाले जती त गर्न नसकिएला मामाको हर समाजसेवाको काममा सहयोग गर्दै जाने पनि उनि वताउँछन् । 
राहसलको छोराहरु वस्ने भवन जिर्ण भएकोले सो भवन निमार्णको लागि राहसलले सहयोगी मनहरुसँग साथ र सहयोगको लागि अनुरोध गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता