सन्दकपुरमा कागे नकआउट फूटबल प्रतियोगिता शुरु

सन्दकपुरः १२ कातिकः तीसबर्षदेखि निरन्तर रुपमा सञ्चालन भइरहको कागे नकआउट फूटबलको सम्पुर्ण तयारी पुरा भएको छ ।  यसबर्षबाट दर्शकहरुले  बाँसको प्याराफिटमा वसेर फुटबलको मज्जा लिन सक्ने छन् ।  इलामको  सन्दकपुर गाउँपालिका स्थित जमुनामा आजबाट खेल भएकोहो  प्रतियोगितामा दर्शकलाई सहज रुपले बसेर खेलको मज्जा लिन करिब दुईहजार दर्शक अट्न सक्ने बाँसको प्याराफिट निर्माण गरीएको प्रतियोगिता आयोजक समितिले जनाएको छ । बिगतका बर्षमा भने दर्शकले एकदमै दुखका साथ चौरी तथा डाँडा भित्तामा बसेर हेर्दै आएका थिए । 
ग्रामिण भेगमा हुने फुटबल खेलमा दर्शक बस्ने प्याराफिट र खेलको मज्जा दिन खोजिएको जिल्लामा नै यो पहिलो हो । सदरमुकाममा हुने माईभ्याली गोल्डकपमा मात्र बाँसको प्याराफिट निर्माण गरीदै आएको छ । प्रतियागिताको लागि सम्पूर्ण तयारी पूरा भइसकेको कागे फूटबल आयोजक समितिका अध्यक्ष उमेश गुरुङले बताउनुभयो । उहाँका अनुसार सोमबारबाट हुने प्रतियोगितामा बिभिन्न राष्ट्रिय क्लबमा आबद्ध राष्ट्रिय खेलाडिको खेल कौशल पनि हेर्न सकिने भएको छ । 
राष्ट्रिय क्लबहरुमा आबद्ध योगेश गुरुङ, सुजित गुरुङ लगायतका खेलाडिहरुको खेल कौशल पनि हेर्न सकिने आयोजकले जनाएको छ । यस्तै १९ बर्ष मुनिको राष्ट्रिय खेलाडिका रुपमा खेल कौशल देखाईकसकेका इलाम जमुनाकै छिरिङ गुरुङ र दर्शन गुरुङको पनि खेलको मज्जा इलामेले लिनेछन् । प्रतियोगितामा यो बर्षबाट पुरस्कार राशिमा पनि बृद्धि गरीएको छ । बिजेताले एकहजार एकसय ११ र उपबिजेताले ५० हजार ५५ रुपैंयाँ पाउनेछ । त्यस्तै बिधागत रुपमा खेलाडिले पुरस्कार पाउने आयोजकले जनाएको छ । भारतका दुईटिम सहित २४ टिमले सहभागिता जनाउने प्रतियोगिताको फाइनल खेल कात्तिक २० गते हुनेछ । 
यो प्रतियोगितामा इलाम जिल्लाकै प्रतिष्ठित फूटबल क्लब माईभ्यालि फूटबल क्लबले पनि सहभागिता जनाउने भएको बताइएको छ । कागे नकआउट फूटबल जिल्लाकै एक प्रतिष्ठित प्रतियोगिताको रुपले चिनिन्छ । यस प्रतियोगिताको समयमा उक्त क्षेत्रका होटल तथा पसलहरुको ब्यपार पनि उल्लेख्य हुने गरेको छ । खेलकुदको माध्यमबाट पर्यटन प्रबद्र्धन गर्ने उद्येश्यका साथ विगत ३० वर्षदेखि जमुनाका सामाजिक व्यक्तिहरुले कागे मेलाको अवसरमा सुरु गरेको सामान्य कपबाट सुरु गरेको यस प्रतियोगिता अहिले जिल्लाकै प्रतिष्ठित प्रतियोगिता बनिसकेको छ । प्राकृतिक रुपले पर्यटकिय स्थल जमुनामा हुने यस प्रतियागिताले सिंगो इलाम जिल्लाको पर्यटन प्रबद्र्धनमा थप मद्धत पुग्ने बिश्वास आयोजकले लिएको छ । जैबिक बिबिधतामा रमाउँदै त्यहाँ पुग्ने जो कोहिलेमानव निर्मित ढाप पोखरी र पोखरीमा डुङगा शयरको आनन्द लिनेछन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता