
इलाम, इलाम नगरपालिका ४ बरबोटेमा साक्षत देवी र नागको दर्शन गराउने भनेर सातदिन देखि निरह वर्त वसेर पुजा गर्दै आएका बाबा झम्क बहादुर घिमिरे देवि देखाउन नसकेपछि इलामबासी निरास भएका छन् । सात दिन अघि देखि मलाई यहाँ देवीले र नागले दर्शन दिनुहुने छन् र कोजाग्रत पूर्णिमाको दिन सवैलाई दर्शन गराउने भनेका बाबाले दर्शन गराउन नसकेपति आक्रोशित भिडबाट वचाउन बाबालाई प्रहरीले नियन्त्रणमा लिनु परेको थियो ।
सात दिन अघि देखि इलामको बरबोटेमा माइली पथिभराको स्थापना र नागको दर्शन गराउने भन्दै पुजा आजा गर्दै गरेका घिमिरे मंंगलबार विहान माइपोखरी गएर माइपोखरीको जल लिएर नागको अभिषेक गराउने भन्दै माइपोखरी गएर आएका घिमिरेले दुई घण्टा लगाएर पुजा गरेका थिए नाग हेर्नको लागि हजारौँ मानिस भेला भएका थिए तर नागको दर्शन गराउन नसकेपछि निराश बनेका भक्तजनहरुले जसरी भए पनि दर्शन गराउनु पर्छ भनेर अडान लिए पछि स्थिति तनाव ग्रस्त भएको थियो । सुरक्षाकर्मी र स्थानीयको सहयोगले घिमिरेलाई सुरक्षा दिएर जिल्ला प्रहरी कार्यलय ल्याएर राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाबाले किन यसो गरेको हो भन्ने कुराको अनुसन्धान भइरहको र उनले मलाई केही गरे जेपनि हुन सक्ने भनेर स्थानीयलाई त्रासमा परेको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस अघि सामाजिक सञ्जाल र इलामका स्थानीय सञ्चारका माध्यमबाट देवी र नागको प्रतक्ष दर्शन गराउने र माइली पाथीभराको स्थापना गरिने भनेर समाचार आए पछि पनि मानिसको भिडलागेको अनुमान गरिएको छ ।
हेर्नुहाेस् भिडियाे