- बिमल अधिकारी

देउमाइ ७ कार्तिकः गत असोज २५ बाट जीतपुरको नवमीमा जारि टोलस्तरीय फुटबल प्रतियोगिताको फाइनल खेलबाट श्रीजङा स्पोर्टिङले प्लेन्टी मार्फत एक गोलको अन्तरमा फक्तालुङ स्पोर्टिङलाई पराजित गर्दै बिजेता बनेको छ भने चिसापानी फुटबल क्लब तेस्रो स्थान हासिल गर्न सफल भएको छ।
देनपा ९ भित्रका जम्मा १४ टिमको सहभागिता रहेको प्रतियोगिताका बिजेतालाई नगद १५ हजार, उपविजेतालाई १० हजार त्यस्तै तेश्रो स्थान हासिल गर्ने टिमलाई नगद ५ हजार साथै प्रमाण पत्र र मेडल प्रदान गरिएको थियो।
त्यस्तै गरी उत्कृस्ट खेलाडी र उत्कृष्ट गोल किपर लाई पुरस्कार प्रदान गरीएको थियो। म्यान अफ दि म्याच एकदेब लिम्बू र उत्कृष्ट गोल रक्षक युग ब मगर घोषित खेलको प्रथम पुरास्कार युबा संघ नेपाल जिल्ला अध्यक्ष अरुण बरालले प्रायोजन गरेको बताइएको छ।
पुरस्कार बितरण कार्यक्रम श्याम सावाको अध्यक्षतामा र युबा सघ नेपाल जिल्ला संगठन समिती इलामका अध्यक्ष अरुण बराल को प्रमुख आतिथ्यता तथा ने।क।पा का जिल्ला सदस्य सदन राई , नेकपा देउमाइका सम्योजक भिम लाल खनाल लगायतको आतिथ्यतामा समपन्न भएको थियो।
जीतपुर माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न खेलको आयोजना युबा संघ नेपाल वडा सङठन देनपा ९ ले गरेको थियो।