- टीका खतिवडा
इलाम, २६ असोजः श्रोत नखुलेको सम्पती राष्ट्रियकरण गर्न माग गर्दै अधिबक्ता तथा सञ्चारकर्मी स्वागत नेपाल देश दौडाहामा निस्किएका छन् । स्वतन्त्र राष्ट्रिय अभियान सहित पाँच जनाको टोली देश दौडाहामा निस्किएको हो ।
विशेष गरेर देशका नेताहरु प्रति आक्रोश ब्यक्त गर्ने अभियानका संयोजक नेपालले भ्रष्टचार र बलत्कार विरुद्धको सडक अभियान नै सञ्चालन गर्ने गरेका छन् । इलाममा उनले यस्तै कार्यक्रम गरे ।
अमित देव, दिनेश सत्याल, सेफल्ड लिम्बू, उद्धव घिमिरे, केवी लिम्बू, रविन्द्र खनाल लगायत अधियानमा हाल ८ सय ८४ जना अभियान्ता रहेको उनले वताए ।
‘कुनै दिन राजनिति गर्न अरुसँग हात थाप्दै हिँड्ने ब्यक्ति कसरी घर, गाडी सहितको धनी मान्छे बन्न सके ?’ सामान्य मान्छेमा यो सम्भव नरहेको जिकिर गर्दै उनले अकुत सम्पती आर्जन गर्नेहरुलाई त्यसै छोड्न नहुने तर्क प्रस्तुत गरे ।
नेपालले स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्न सके मुलुकको चार वर्षको बजेट बन्ने दावी गरे । नदेखिएका सम्पती राष्ट्रियकरण गर्न सके देश चाँडै विकास हुने उनको भनाई छ ।
यस्ता मुद्धाहरुमा पटक पटक घच्घच्याउँदै आए पनि सरकारले नसुनेपछि सामाजिक आन्दोलनमा होमिएको उनको भनाई छ । ताप्लेजुङ र पाँचथरमा आफ्नो अभियान सम्पन्न गरेर इलाम आएका उनी होटलमा हैन सडक किनारामा नै टेन्ट टाँगेर बसे । खाना पकाउने चामल सहित ग्यास र आवश्यक सामाग्री सहित अधियानमा निस्किएका उनी देशमा नेताले काम गर्न नसकेर नै देश यो स्थानमा गुज्रन पुगेको उनी वताउँछन् । फरक मत राख्ने नेपालले राती होटलमा हैन सडक किनारामा नै विताए ।
भ्रष्ट्राचार बिरोधी अभियानका साथ आन्दोलनमा होमिएका उनी हाल वलत्कार र महिला ंिहंसालाई पनि उत्तिकै उठाइरहेका छन् । जसनसुकै पार्टीले देश चलाए पनि जनताका पक्षमा भन्दा पनि पहिला आफ्नै पक्षमा काम गर्ने गरेको वताउँछन् ।
देशमा हत्या र हिंसा वढेको तर सरकारले उचित कदम थाल्न नसकेको उनको भनाई छ । उनी भन्छन् ‘हामीलाई सरकारले सुरक्षा दिएर हैन कसैले नमारिदिएर हामी बाँचिरहेका छौँ ।’
राष्ट्रिय समाचार समितिबाट पत्रकारिता थालेको वताउने उनी देशका प्रतिष्ठित टेलिभिजनमा काम गर्दै हाल पनि नियमित पत्रकारितामा नै रहेको वताउछन् ।
देशका सबै तहका नेता कार्यकर्ता, कर्मचारी, वकिल, न्यायाधीश, प्रशासक, पत्रकार, ब्यवसायी, उद्योगी लगायतको सम्पतीको स्रोत नखुलेकै कारण देश गरिवीको रेखामुनी रहेको उनको दावी छ । देशमा ब्यवस्था परिवर्त भएको स्वीकार गर्न नसक्ने उनी जनताले जवसम्म जनता स्वयम् आफैले मत दिएको ब्यक्ति देशका उच्च स्थानमा पुग्न सक्दैन तवसम्म ब्यवस्था परिवर्त हुन नसक्ने उनको भनाई छ ।
देशमा पटक पटक एउटै राजनितिक पद्धती अपनाएको बताउने उनी देशमा सरकारका नाममा ब्यवस्था परिवर्तन भएको भन्न नमिल्ने वताउँछन् । ‘एक पटक नुहाएको पानीले फेरी नुहाएर सफा हुन सकिँदैन ।’ देशमा नेतृत्व छान्न पाए पनि चुनावमा जनतालाई मन नपर्ने ब्यक्ति भए त्यसको पनि अप्सन राख्न सक्नु पर्ने उनको माग छ । आफ्नो विचार र सिद्धान्त भन्दा पनि कहिलेकाहिा नेताहरुले अन्य पार्टीसँग मिलेर अन्य पार्टीकै लागि भोट मागेर हिँडेको अनुभव सहित उनले देशमा राष्ट्रपती, प्रधानमन्त्री सवै क्षेत्र र भुगोलका मतदाता जनताले पाउनु पर्ने वताउन्छन् । हाम्रो मतदानका कारण हाल वडावडाबाट राजनिति गर्नेहरुले जागिर खाए तर खै युवाराई रोजगार ? अझै कहिले सम्म युवालाई खाडीमा पठाउने ?’ ? उनले प्रश्न गर्दै भने देशले बलवान युवालाई जवसम्म देशमा रोक्न तवसम्म देश विकासको परिकल्पना गर्नै गाहे हुने उनको तर्क छ ।
संयोजक नेपालले हालसम्म नेपालका ७३ जिल्लामा पुगेर जनताको भावना बुभm्ने काम गरेको दावी गर्दै सवै जनता देशका नेताप्रति खुसी नभएको वताउँछन् ।
वर्तमान सरकार समेत दुई तिहाईको भरमा नभएको वताउने उनी सँधै विदेशीको भरमा सरकार चल्ने गरेको आरोप लगाउँछन् । उनले एकमात्रै सिट भएको राजनीतिक दललाई पनि सरकारमा ल्याउनु परेको वताउँदै सांसद किनबेचको समेत हुने गरेको वताउँछन् । जसको जागिर छैन, जसले आर्थिक आर्जनको बाटो समात्न सक्दैन उसैको सहरमा ठसलाठुला घर हुने भन्दै आक्रोस समेत ब्यक्त समेत गरे । जो दिनभर भाषण गरेरै विताउँछ उसैका छोराछोरी महंगा विद्यालयमा अध्यन गर्न सक्ने कसरी सम्भव हुन्छ भन्दै प्रश्न समेत गरे ।
जुनसुकै पार्टी र दल किन नहोस टायर जलाएर, भौतिक संरचना भत्काएर आएकाहरु मात्र नेतृत्व र सरकारमा पुग्ने भएकाले कसरी विकासको परिकल्पना गर्ने भन्ने चिन्ता छाएको उनी वताउँछन् । अव देशमा दुई दल मात्र आवश्यक मात्र आवश्यक रहेको उनी वताउँछन् ।
आफुपनि विहान अध्यापन गराउने, दिउशो अधिबक्ताको रुपमा अदालतमा काम गर्ने भएकाले अरुसँग हात थाप्नु नपरेको वताउने उनी पैसा मागेपछि आफ्नो अभियान पुरा हुन नसक्ने वताउँछन् ।