
कनकाई, १५ असाेजः अतिरिक्त क्रियाकलाप विभाग कनकनाई बहुमुखी क्याम्पस सुरुङगाले अन्तरतह हाजिरिजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा कक्षा ११ देखि स्नातकोत्तर तहसम्मका सात वटा टिमको सहभागिता रहेको थियो ।
विभागका प्रमुख उप प्राध्यापक रुद्र बहादुर थापाको अध्यक्षतामा भएको प्रतियोगितामा वीवीएस तृतीय र चौथो वर्षका कोमलराज खतिवडा, उत्तम थापा, प्रतिमा ओली प्रथम, स्नातकोत्तर तहका पवन अधिकारी, टेनिस गौतम, मनिषा चम्लागाईँ द्धितिय, वीवीएस प्रथम र द्धितिय वर्षका भूवन दाहाल, ममता पराजुली, मानबहादुर कुमालले तृतीय स्थान हासिल गर्न सफल भए ।
कार्यक्रममा बोल्दै क्याम्पस सञ्चालक समिति अध्यक्ष प्रेमप्रसाद चुडालले किताबि ज्ञान मात्र सबै थोक नभएको भन्दै यस प्रकारका अतिरिक्त क्रियाकलाप अझ बढाउँदै लानु पर्ने जोड दिए । क्याम्पस प्रमुख विकासप्रसाद उप्रेतीले प्रतियोगिताले विद्यार्थीको वैद्धिक क्षमताको विकास गराउने बताउँदै क्याम्पसले थप अतिरिक्त क्रियाकलाप गर्ने जनाए । अतिरिक्त क्रियाकलाप विभागले आयोजना गर्ने यसप्रकारका कार्यक्रममा क्याम्पसले पूर्ण सहयोग गर्ने प्रतिबद्धता प्रमुख उप्रेतीले जनाएका छन् ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष टिकाप्रसाद तिम्सीना, सहायक क्याम्पस प्रमुख सह प्राध्यापक कुलेन्द्र मैनाली, सहायक क्याम्पस प्रमुख उप प्राध्यापक शेरबहादुर बानियाँ, निर्वतमान क्याम्पस प्रमुख टंकबहादुर कार्की, अंग्रेजी विभाग प्रमुख एवम् प्राध्यापक संघका सभापति हरिप्रसाद तिम्सीना, नेपाली विभाग प्रमुख उप प्राध्यापक विष्णु प्रसाद कोइराला, सह प्राध्यापक टंकबहादुर कार्की, नेपाल विद्यार्थी संघका उद्धित दाहाल, अखिल क्रान्तिकारीका नविन सिटौला र अनेरास्वीयुका गोपीकृष्ण चापागाईँ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागत उप प्रध्यापक पबित्रा अधिकारीले गरेकी थिइन् ।
कार्यक्रम संयोजक सहायक प्राध्यापक रुद्र गौतमले सञ्चालन गरेको प्रतियोगिताको प्रश्नकर्ता विभाग सदस्य सहायक प्राध्यापक सुरेशकुमार तिम्सीना थिए ।