एउटै वडाका दुई शिशुको मृत्यु, स्वास्थ्यकर्मीको लापरवाहीका कारण मृत्यु भएको आफन्तको आरोप

खोटाङ, १५ असोजः केपीलासगढी गाउँपालिका–१ फेदीमा एकै दिन दुई नवजात शिशुको मृत्यु भएपछि जिल्ला अस्पताल खोटाङबाट स्वास्थ्यकर्मीको टोली पठाइएको छ । 
साविकको फेदी–१ का १७ दिनको छोरा र साविकका फेदी–३ की २८ दिनको छोरीको असोज १२ गते शुक्रबार मृत्यु भएपछि सोमबार जिल्ला अस्पताल खोटाङबाट डा नवीन देवकोटा, विश्वनाथ यादव लगायतको टोली फेदीतर्फ पठाइएको हो । 
घटनाको अनुसन्धानका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जिल्ला अस्पताल खोटाङले जनाएको छ । एउटै खोप केन्द्रका शिशुको मृत्युका कारण खुल्न नसकेको स्वास्थ्यचौकी फेदीका एचए सञ्जीव राईले बताउनुभयो । दुई शिशुलाई असोज १० गते विसिजी खोप लगाइएको थियो । उनीहरुको मृत्यु स्वास्थ्यकर्मीको लापरवाहीका कारण भएको आफन्तले आरोप लगाएका छन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता