इलाम रोङकी फुलमायाको भिरबाट लडेर मृत्यु

इलाम, २३ असोजः इलामको रोङमा लडेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोङ ६ बन्सुवा निवासी कालुमान राईकी श्रीमती फुलमाया राई रहेकी छन् । सोमबाट दिउँसो घरमा कोही नभएको समयमा   घरछेउमा रहेको भिरबाट अन्दजी १०० मिटर तल लडेर उनको मृत्यु भएको हो । 
दिउँसै हराएकी श्रीमती खोजी गर्ने क्रममा उनका श्रीमनले राती १० बजे फेलापरेर प्रहरीमा खबर गरेको  र  जिर्मले प्रहरी कार्यालयमा  जानकारी गराउना साथ प्रहरी टोलि खटीएको र अहिले पशुपतिनगरबाट प्रहरी गएर घटनाको अनुशन्धान भई हरको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गरएको छ । साथै स्थानीय  र मृतकका श्रीमनले मृतकको मानसिक सन्तुलन ठीक नभएको पनि जानकारी गराएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता