हिंसा न्यूनीकरणमा ध्यान

बिर्तामोड, २७ इलामः यौनजन्य हिंसा भैसकेपछि मात्र सडकमा उत्रने र दबाब दिने मात्रै भन्दा पनि हिंशा रोक्न र न्यूनीकरण गर्ने कार्यमा ध्यान दिनुपर्ने एक कार्यक्रमका वक्ताले बताएका छन् ।
नारि सञ्चार गृह झापाले आयोजना गरेको शुभकामना आदनप्रदान तथा बलात्कार तथा यौनजन्य हिंसा न्युनिकरणमा सरोकारवालाको भुमिका विषयक अन्तकृया कार्यक्रमका वक्ताहरुले यौनजन्य हिंसा रोक्ने र न्यूनीकरण गर्ने कार्यमा ध्यान दिनुपर्ने बताएका हुन् । पछिल्लो समय यौनजन्य हिंसा र बलात्कारका घटना दैनीक रुपमा बढ्दै गएकोले यस्ता घटना हुन नदीन सरोकारवाला पक्ष गम्भीर भएर लाग्नुपर्ने कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधि सभा सांसद पवित्रा निरौला खरेलले बताइन् । 
गत आर्थिक वर्ष २०७४/०७५मा मात्र झापामा १ हजार ४८० वटा यौनजन्य हिंसा तथा बलात्कारका घटना भएको जनाईएको छ । यस्ता घटना न्यूनीकरणका लागि झापाबाट अभियाननै सञ्चालन गरेर सचेतनामुलक कार्यक्रमको सुरुवात गर्ने नारि सञ्चार गृह झापाकी संस्थापक अध्यक्ष सावित्रा भट्टराईले बताइन् । सञ्चार गृहकी कार्यवाहक अध्यक्ष भिमा सिवाकोटीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सांसद बिमला बिक, झापाका प्रमुख जिल्ला अधिकारी जनराज दाहाल, झापा जिल्ला प्रहरी प्रमुख भिम ढकाल, इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी कृष्णप्रसाद कोइराला, जनप्रतिनिधि लगायत सामाजिक संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थित रहेको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता