इलाममा आलु रोप्ने समयमा डिएपी मलको अभावले किसान समस्यामा

इलाम, १२ कार्तिकः  हिउँदे आलु रोप्ने सिजनमा डिएपी मलको अभाव भएपछि इलामका किसान समस्यामा परेका छन् । व्यवसायिक रुपमा आलु खेती गर्दै आएका किसानले डिएपी मलको अभाव भएपछि किसान समस्या परेका हुन् । आलु रोप्दा बनाइएको ड्याङमा बिउ आलुसँगै डिएपी लगाउने गरिएपनि मलकै अभाव भएपछि किसान समस्यामा परेको सूर्योदय नगरपालिका ९ का सागर पराजुलीलले बताए । रसायनिक मलको बिक्री गर्दै आएको कृषि सामग्री संस्थानको इलाम डिपोमा एक महिना अघिदेखि डिएपी मल रित्तिएको छ । ग्रामीण क्षेत्रबाट किसानलाई मल बिक्री गर्दै आएका सहकारी संस्थाबाट डिएपी मलको माग गरेपनि अहिले गोदाममा नरहेको कृषि सामग्री संस्थान इलामका कार्यालयकी प्रमुख गोमा राईले बताईन् । किसान र सहकारी संस्थाको माग रहेपनि तिहारपछि मात्रै डिएपी मल डिपोमा आउने उनले बताईन् ।
कृषि सामग्री संस्थान इलामले जिल्लाका ४३ वटा सहकारी संस्थाबाट रसायनिक मलको बिक्री गर्दै आएको छ । एक पटकमा एक सहकारीलाई युरिया, डिएपी र पोटास एक÷एक बोरा बिक्रीका लागि प्रदान गर्दै आएको छ । इलाममा युरिया एक हजार १४, डिएपी २३ सय ६४ र पोटास १६ सय ६४ रुपैयाँमा डिपोबाट बिक्री गर्दै आएको हो । कृषि सामग्री संस्थानको इलाम कार्यालयमा डिएपी मलको अभाव भएपनि युरिया र पोटास भने किसानको माग अनुसारकै रहेको छ । संस्थानकी कार्यालय प्रमुख राईकी अनुसार युरिया ७५ दशमलव ५५ मेट्रिक टन र पोटास २ दशमलव ५ मेट्रिक टन मौजात रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता