
इलाम, १९ असोज : इलामको पशुपतिनगरमा बालिकाहरु विक्री गर्न लैजादै गर्द तीन जनालई प्रहरीले पक्राउन गरेको छ ।
मंगलबार विहान सूर्योदय नगरपालिका २ स्थित पशुपतिनगरको एक होटलमा ३ जना बालिकाहरु (२ बालीका वर्ष १६ की, १ बालिका वर्ष १५ कि) लाई ललाई फकाई बेचबिखन गर्ने उद्देश्यले पशुपतिनगर स्थितको सिमा नाका हुदैँ भारत तर्फ लान लागेको अबस्थामा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले पिडिताहरु लाई उद्धार गरीएको थियो ।
उक्त पीडित बालिकाहरुमध्ये १ बालिकालाई अभिभावकको जिम्मा लगाईएको । उक्त घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।