आज शुक्रवार हेर्नुहोस् आजको राशिफल

वि.सं. २०७५ कार्तिक ९ गते शुक्रवार , ईसवीय सन् २०१८ अक्टोवर २६ ,आश्विन कृष्ण द्वितीया , सूर्योदय विहान ६ः१० ,सूर्यास्त बेलुकी ५ः२५, नक्षत्रः भरणी, योगः सिद्धि, करणः तैतिल , चन्द्र राशि ः मेष
हिजो प्राविधिक कारणले गर्दा २०७५ कार्तिक ८ गते बिहिवार हुनुपर्नेमा २०७६ कार्तिक ८ गते बिहिवार भएकोले हामी क्षमाप्रार्थी छौँ ।  
मेषः— अध्ययनमा रुची मनमा शान्ति छाउला । दैनिक कार्यहरु सामान्य रहला ।  
बृषः— वैदेशिक क्षेत्रबाट लाभ उठाउने समय रहेको छ । यात्राको सम्भावना छ । 
मिथुन ः— स्वास्थ्यमा केही बाधा आउन सक्छ । गर्धन र टाउकोको समस्याले सताउन सक्छ ।
कर्कट ः— आफन्तजनबाट सहयोग मिल्ने योग छ । मन शान्त रहला । 
सिंहः— फेसनका सामानमा रुची बढ्नेछ । दैनिक रोजगारमा उतारचढाव आउला । 
कन्याः— साहित्य क्षेत्रमा मन जान सक्छ । प्रेममा सफल भइएला । 
तुलाः— धार्मिक कार्यहरु सम्पन्न हुनेछन् । सामाजिक कार्यमा मन जाने समय छ । 
बृश्चिकः— यात्रामा सजग रहनुहोला । दिनको मध्यान्नमा कार्य क्षेत्रमा सामान्य अपयश खप्नुपर्ला ।
धनुः— सामान्य धन हानीको योग छ। दैनिक उपभोग्य सामान हराउन सक्छ सजग रहनुहोला । 
मकरः—  मित्रको सहयोगले काम बन्न सक्छ । पारिवारीक समस्या बढ्न सक्छ ।
कुम्भः— नियमित खर्च बढ्न सक्छ । भाग्यले अवशर जुटाउन सक्छ ।
मीनः— रोकिएका काम बन्न सक्छन् । सामान्य यात्राको सम्भावना रहेको छ ।       
        “कर्म र भाग्य दुवैमा विश्वास गरौँ ।”
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता