आज शुक्रबार तपाइको दिन कस्तो छ हेर्नुहोस राशिफल

२०७५/६/२६ गते शुक्रबार,आश्विन शुक्ल तृतीया, सूर्योदय विहान ६ः०२ ,सूर्यास्त बेलुकी ५ः३६, नक्षत्रः विशाखा, योगः प्रीति, करणः गर, चन्द्र राशिः बृश्चिक 
मेषः आजको समस्या तत्काल समाधान नहुन सक्छ सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । सबैलाई विश्वासमा लिएर केही काम पुरा गरिने छ  खेलकुद तथा मनोरन्जनमा खर्च हुने योग रहेको छ ।
बृषः रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ सोचेको लाभ नमिल्न सक्छ। केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपला। शैक्षिक क्षेत्र तथा परीक्षा आदिको परिणाम सोचे जस्तो हुनेछ ।
मिथुनः  रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। शत्रुहरू किनारा लाग्नेछन् । व्यय भन्दा आय आकासिने छ । लामो दुरीको यात्रा सम्भव हुने देखिएको छ ।
कर्कटः नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा राम्रै लाभ होला । स्वास्थ्य प्रतिकूल हुने देखिएको छ । लेनदेनमा विवाद आउन सक्ने छ ।
सिंहः ढिलासुस्तीले काम बिग्रन सक्छ। हातमा आएको मौका गुम्ने देखिन्छ, सचेत रहनुहोला । सामाजिक कार्यप्रति ध्यान जाने देखिएको छ रमाइला प्रसङ्गमा रम्न मन लाग्ने छ  ।
कन्याः सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ । खानपानमा ध्यान दिनु होला ।
तुलाः  आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । मान–सम्मानमा अलि आघात पर्ने सम्भावना देखिन्छ । भेटघाट र भलाकुसारीमा समय व्यतित हुने छ ।   
बृश्चिकः पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउन सक्छ ठूलै फाइदाको आश्वासन पनि पाइनेछ । धार्मिक यात्रा सम्भव रहला ।
धनुः लगानी बढाउने समय छ । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । घरखर्चको मात्रा बढ्नेछ । बिजिनेश फस्टाउने छ  ।
मकरः उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला । व्यापारमा सामान्य फाइदाकै समय छ । काम बन्नाले उत्साह जाग्नेछ। धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ।
कुम्भःधेरैको मन लोभ्याउन सकिनेछ विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ भने आत्मबल बढ्ने छ ।
मीनः  काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । विद्या बढ्नेछ ।
“कर्म र भाग्य दुवैमा विश्वास गरौँ ।”  
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता