
मेषः— जोसजाँगरमा ह्रास आउला । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला ।
बृषः— विभिन्न कामहरु सम्पादन हुनेछन् । आर्थिक क्षेत्र बलियो रहेको छ ।
मिथुनः— बोलीको कारणले अरुलाई प्रभाव पार्न सकिएला । धन लाभ होला ।
कर्कटः— विद्यार्थीवर्गका लागि सफलता मिल्ने योग छ । घरमा मांगलिक कार्य सम्पन्न होला ।
सिंहः— बोल्दा सचेत रहनुहोला । सामान्य अपजसको भागिदार बन्नु पर्ला ।
कन्याः— धार्मिक क्षेत्रमा विशेष सफलता मिल्ने देखिन्छ । दिनको अन्त्यमा सामान्य स्वास्थ्य समस्या आउन सक्छ ।
तुलाः— यात्रामा विशेष सावधानी अपनाउनु पर्ने छ । सामान्य चोटपटकको भय छ ।
बृश्चिकः— आफन्तजनसँग मनमुटाव बढ्न सक्छ । सामाजिक क्षेत्रका काममा लाभ मिल्नेछ ।
धनुः— धनु राशिका लागि आज शुभ योग रहेको छ । धन, अध्ययन र रोजगारीको क्षेत्रमा विशेष लाभ होला ।
मकरः— परिवारजनसँगको साथ र सहयोगमा नयाँ काम सम्पन्न हुनेछन् र स्वास्थ्यमा सामान्य समस्या देखिएको छ ।
कुम्भः— व्यापार व्यवसाय राम्रो रहेको छ । फेसनका सामानबाट विशेष लाभ होला ।
मीनः— आलोचकहरु बढ्नेछन् । धार्मिक क्षेत्रमा मन जाला ।
“कर्म र भाग्य दुवैमा विश्वास गरौँ ।”