
वि.सं. २०७५ आश्विन ३० गते मंगलबार, २०१८ अक्टोबर १६ , फूलपाती ,आश्विन शुक्ल सप्तमी,सूर्योदय विहान ६ः०४ ,सूर्यास्त बेलुकी ५ः३४, नक्षत्र ः पूर्वाषाढा, योगः अतिगंड, करणः वणिज ,चन्द्र राशिः धनु
मेषः— कार्य सम्पादन हुनेछन् । यात्रामा सावधानी देखाउनुहोला ।
बृषः— व्यापार व्यवसायमा सहजता मिल्ला केही नयाँ काम बन्नेछन् ।
मिथुनः— आफन्तसँगको भेटघाटमा रमाउने योग छ । मनमा हर्ष उमंग रहला ।
कर्कटः— विद्या र विवेकमा विकास होला । आर्थिक पक्ष राम्रो छ ।
सिंहः— धार्मिक क्षेत्रमा मन जाला । समाजसेवामा जुट्नु पर्ला ।
कन्याः— कला र साहित्यका क्षेत्रमा सफलता हात पर्ला । स्वास्थ्यको ख्याल राख्नु होला ।
तुलाः— प्रेममा सफल हुने योग छ । जीवनसाथीको सहयोग मिल्ला ।
बृश्चिकः— दैनिक रोजगारहरु बलियो हुनेछन् । धार्मिक काममा जुट्न सके राम्रो हुनेछ ।
धनुः— व्यापारमा नाफा कमाउने योग रहेको छ। समाजिक काममा लाभ होला ।
मकरः— आलोचकहरु कम हुनेछन् । साहित्य क्षेत्रमा राम्रो प्रगति होला ।
कुम्भः— सामाजिक क्षेत्र राम्रो छ । बोल्दा थोरै संयमता अपनाउनुहोला ।
मीनः— न्याय क्षेत्रमा सफलता पाउन सकिनेछ । धार्मिक यात्राको सम्भावना छ ।
“कर्म र भाग्य दुवैमा विश्वास गरौँ ।”