
वि.सं. २०७५ कार्तिक ११ गते आइतवार , ईसवीय सन् २०१८ अक्टोवर २८ ,कातिक कृष्ण चतुर्थी , सूर्योदय विहान ६ः११ ,सूर्यास्त बेलुकी ५ः२३, नक्षत्रः रोहिणी, योगः परिघ, करणः बालब, चन्द्र राशिः बृष
मेषः— बेकारका वहसमा सामेल हुनुपर्दा मन खिन्न रहला । सामान्य धन हानी हुन सक्ने योग छ सजग रहनुहोला ।
बृषः— ज्ञान,बुद्धि र स्वविवेक बढ्नेछ । आय आर्जनमा आजको दिन शुभ रहेको छ ।
मिथुनः— अध्ययनमा थोरै बाधा आउन सक्छ । नचिताएको ठाउँबाट धन लाभ होला ।
कर्कटः—परिवारको सहयोगमा काम बन्न सक्छ । मन शान्त होला ।
सिंहः— व्यक्तिगत जिवनमा केही रोकावट आउन सक्छ । यात्रा गर्दा सामान्य कष्ट होला ।
कन्याः— व्यापारमा बृद्धि हुने समय छ । आँटेका काम सम्पन्न होलान् ।
तुलाः— साहित्य क्षेत्रतर्फ मन जानेछ । वैदेशिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।
बृश्चिकः— व्यापार वा व्यवसाय गर्नेहरुका लागि सजावटका सामानबाट सामान्य नाफा हुने छ । दिन सामान्य रहला ।
धनः— गायन क्षेत्रमा लाग्नेहरुका लागि आजको दिन शुभ छ । बोलेर मन जित्ने समय छ ।
मकरः— शुभ समाचार सुन्न पाइएला । यात्राको योग छ ।
कुम्भः— धनार्जनका क्षेत्रमा सफलता मिल्नेछ । रोजगारको अवसर मिल्न सक्छ ।
मीनः— सामान्य मुद्या मामलामा अल्झनुपर्ने छ । धर्म कर्म तिर मन जाला।
“कर्म र भाग्य दुवैमा विश्वास गरौँ ।”