आज कोजाग्रत पूर्णिमा हेर्नुस् तपाईँको राशिफल

वि.सं. २०७५ कार्तिक ७ गते बुधवार , ईसवीय सन् २०१८ अक्टोवर २४ ,आश्विन शुक्ल पूर्णिमा,कोजाग्रत पूर्णिमा,सूर्योदय विहान ६ः८ ,सूर्यास्त बेलुकी ५ः३६, नक्षत्रः रेवती, योगः हर्षण, करणः भद्रा, चन्द्र राशिः मीन
मेषः— भाग्यमा चमक आउन सक्छ । धन लाभ तथा मानसम्मानमा बृद्धि हुने योग छ ।
बृषः— आफन्तजनबाट लाभ होला । घर परिवारबाट टाढा रहनु पर्दा मन केही असन्तुष्ट रहला । 
मिथुनः— स्वअध्ययनको क्षेत्रमा मन जानेछ । मित्रको सहयोगले काम बन्ला । 
कर्कटः— लामो यात्राको योग रहेको छ। धन लाभ हुने योग छ । 
सिंहः— मन प्रफुल्ल रहला । काम गरेअनुसार  लाभ मिल्ला  । 
कन्याः— सामाजिक क्षेत्रमा मन जाला । मध्यान्नबाट केही स्वास्थ्यमा समस्या आउन सक्छ ।
तुलाः— धार्मिक यात्रामा सरिक भइएला। मानसम्मानमा बृद्धि होला । 
बृश्चिकः— अनावश्यक कुरामा ध्यान दिँदा लाभ गुम्न सक्छ । सजग रहनुहोला ।
धनुः— कार्यक्षेत्रमा प्रसंसा मिल्न सक्छ । व्यापारमा बृद्धि हुने योग छ ।
मकरः—  अध्ययन अध्यापन कार्यमा केही खरावी आउन सक्छ । मन चन्चल हुनाले ध्यान एकाग्र गर्न नसकिएला । 
कुम्भः— राजनीतिक क्षेत्रबाट लाभ मिल्न सक्छ । घरपरिवारमा आनन्द छाउला ।
मीनः— टाउको तथा पेटको समस्याले ग्रस्त बनाउन सक्छ । खानपानमा ध्यान दिनु उचित हुनेछ ।     
       “कर्म र भाग्य दुवैमा विश्वास गरौँ ।”

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता