- तिलविक्रम थेवे

दोहा कतार, १६ असोजः २९ सेप्टेम्बर २०१८, दोहा–कतार “प्ये महस्या छया म्हमु, छया महस्या ल्हु म्हमु, ल्हु महस्या म्हि म्हमु” अर्थात “शास्त्र हराए संस्कार हराउछ , संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मान्छे अर्थात उस्को अस्तित्वनै हराउछ” भन्ने उक्तिलाई मनन गरेर तमु (गुरुङ) जातिको आफ्नो मौलिक भेषभुषा, भाषा, संस्कार, संस्कृति पहिचान एबं तमु प्ये ताँ ल्हु ताँ को संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन बिकासको निम्ति स्थापित तमु प्ये ल्हु संघ केन्द्रिय कार्यसमिति पोखराको मातहतमा प्रवास शाखा कतारको रुपमा गठन भएको तमु प्ये ल्हु संघ कतार शाखा स्थापनाको चौथो बर्षको अबसरमा संघले चौथो बार्षिकोत्सब तथा दोश्रो अधिबेशन कार्यक्रम २०१८ सभ्यताको साथ २८ सेप्टेम्बर २०१८ शुक्रबारको दिन दोहाको ताजा रेस्टुरेन्टको सभाहलमा सम्पन्न भयो ।
तमु प्ये ल्हु संघ शाखा कतारका अध्यक्ष संग्राम प्हच्यु तमुको सभापतित्व, गैरआबासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद, मानर्थ समिति सदस्य श्री नरेन्द्र भाटको प्रमुख आतित्थ्यमा सम्पन्न कार्यक्रममा संघको पच्यु खेगी गुरु जिबन लहेंगे तमु तथा क्लहेप्री खेगी गुरु नबिन टु क्लहेप्री तमु गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद मानार्थ समिति सदस्य बिल बहादुर तमु, गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य बिमल सुबेदी, गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद कतारको प्रतिनिधि लगायत दोहामा स्थापित विभिन्न जातिय, सामाजिक, जिल्ला र वैचारिक संघ सस्थाहरुका प्रतिनिधीहरु अतिथीका रुपमा थिए ।
राष्ट्रिय गानसंगै तमु राष्ट्रिय गान र एक मिनेट मौनधारण पश्चात संघको प्रमुख सल्लाहकार अमर लहेंगे तमुले स्वागत मन्तब्य राखी उपस्थित सम्पूर्णलाई स्वागत गरे । सभापति, प्रमुख अतिथि तथा बिशेष अतिथिहरुले संयुक्त रुपमा ब्यानर अनावरण गरी द्धिप प्रज्ज्वलन गरेर कार्यक्रमको उदघाटन गरेका थिए । संघको खेगी गुरुहरु, पच्यु गुरु, सभापति, प्रमुखअतिथि तथा बिशेष अतिथिहरुलाई तमु परम्पराअनुसार फेटा लगाएर सम्मान गरिए पश्चात दुवैजना खेगी गुरुले आशिमाला र शुभकामना र आशिषको वचन वाचन गरे ।
कार्यक्रममा तमु पोशाक लगाएर उपस्थित भएका दाजुभाई दिदीबहिनीहरु तथा सम्पूर्णले उभिएर प्ये ल्हु संघ स्वागत गितको सम्मान गरेका थिए । संघको कावा सचिब रन्जित क्रोम्छें तमुबाट संघको बार्षिक प्रतिबेदन वाचन गरे ।
संघको कलाकारहरुबाट रमाइलो सांस्कृतिक नृत्यको प्रस्तुतीसगै कार्यक्रमका प्रमुख अतिथि गैरआबासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद, मानर्थ समिति सदस्य श्री नरेन्द्र भाट, अन्य अतिथिहरु तमु (गुरुङ) समाज कतारको अध्यक्ष भाईकाजी तमु, बरिस्ठ पत्रकार तिलविक्रम थेबे, दोहामा स्थापित सम्पूर्ण जिल्ला संस्थाहरुको प्रतिनिधित्व गर्दै लमजुङ सेवा समाज कतारको अध्यक्ष बिष्णुलाल श्रेष्ठ, सम्पूर्ण मातृ संस्था –जातीय) संस्थाहरुको प्रतिनिधित्व गर्दै नेपाल प्रबासी आदिबासी जनजाती महासंघको उपाध्यक्ष लिलम चिदी मगर, दोहामा संगठित नेपालको विभाजन गरिएको ७ वटै प्रदेशको प्रतिनिधित्व गर्दै प्रदेश नं ३ को अध्यक्ष समिर खत्री, गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको महासचिब बुधबल तमु, गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य बिमल सुबेदी, गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समित परिषद मानार्थ सदस्य बिल बहादुर तमु लगायतले आआफनो तर्फबाट ब्यक्तिगत तथा सस्थागत रुपमा भाबी नव निर्बाचित पदाधिकारीहरुलाई शुभकामना दिएका थिए ।
संघको हरेक क्रियाकलापहरुमा अतुलनीय योगदानको पुरयाएका सक्रिय सदस्यहरु सबिता लम् तमुस्यो, हुमा देवी लम् तमुस्यो र बिमला लामाले कार्यक्रमको सभापति संग्राम प्हच्यु तमुबाट क्रमु र प्रमुख अतिथिबाट सम्मानपत्र ग्रहण गरेका थिए ।
तमु प्ये ल्हु संघ कतारलाई सहयोग गर्ने विभिन्न जातिय, सामाजिक, जिल्ला, बैचारिक संघ संस्थाहरुलाई “चौथो वार्षिकोत्सब –२०१८” को अबसरमा स(धन्यवाद सहित कदर–पत्र प्रदान गरिएको थियो । कार्यक्रमलाई मनोरञ्जन पनि दिलाउनको निम्ति कलाकारहरु, सोनीका लम् तमुस्यो, भिम तमु, बिमला क्रोम्छें तमुस्यो, सन्तोष प्ल्हे तमु र अन्य कलाकारहरुको बेजोड नृत्य रहेको थियो ।
तमु प्ये ल्हु संघ कतारका शाखाको संस्थापक निबर्तमान प्रमुख सल्लाहाकार चन्द्र प्रकाश ्हेगे तमुको सम्योजकत्वमा गठित प्रमुख सल्लाहकार श्री अमर ल्हेगे तमु, र सल्लाहकार सदस्य आश बहादुर योज्मे तमुरहेका ३ जनाको समितिले सर्वसम्मत श्री रबिन्द्र प्लहे तमुको अध्यक्षतामा संघको तेस्रो कार्यकालको लागि नया कार्य समिति चयन गरयो । सो कार्य समितिमा १. अध्यक्ष – रबिन्द्र प्ल्हे तमु (लमजुङ), २. प्रथम उपाध्यक्ष – चन्द्र लहेंगे तमु (नवलपरासी) ३. दितिय उपाध्यक्ष–ईशा प्हच्यु तमुस्यो (स्याङ्जा), ४. तृतीय उपाध्यक्ष – शान्त फेवाली प्हच्यु तमु (लमजुङ) हाल चितवन, ५. सचिब –रन्जित क्रोम्छे तमु (ताप्लेजुङ), ६. कोषाध्यक्ष – केशु ल्हेंगे तमु (कास्की), ७. सह सचिब – देव च्हम्रु तमु (तनहुँ), ८. सह कोषाध्यक्ष – हुमा देवी लम् तमुस्यो (कास्की), ९. प्रचार प्रसार सचिब – पूर्ण कोह्ला तमु (गोरखा), १०. कार्यसमिति सदस्य – सारा लेम तमुस्यो (सुनसरी)– धरान, ११। कार्यसमिति सदस्य – श्रीमती सबिता लहेंगे तमुस्यो (कास्की), १२. कार्यसमिति सदस्य – श्रीमती सबिता लम् तमुस्यो (काठमाण्डौ), १३. कार्यसमिति सदस्य – श्री राम लहेंगे तमु (कास्की) १४. कार्यसमिति सदस्य – श्री आउत प्हच्यु तमु (लमजुङ), १५। कार्यसमिति सदस्य – श्री सोम प्र्हू तमु (गोरखा), १६. कार्यसमिति सदस्य – श्री राजेश टु क्ल्हेप्री तमु (लमजुङ), १७., कार्यसमिति सदस्य – श्री शिबराज च्हाक्ली तमु (स्याङ्गजा), १८. कार्यसमिति सदस्य – श्री फलेन्द्र थिज्मे तमु (लमजुङ), १९. कार्यसमिति सदस्य – श्री छेत्र बहादुर थिम्जे तमु (कास्की), २०. कार्यसमिति सदस्य – श्री हस्त ल्हेंगे तमु (कास्की), २१. कार्यसमिति सदस्य – श्री टक बहादुर भुच्चा तमु – सन्जु (तनहुँ), २२। कार्यसमिति सदस्य – श्री प्रितम ल्ेंगे तमु (तनहुँ), २३.कार्यसमिति सदस्य – श्री श्याम थिम्जे तमु (कास्की) रहेका छन् बाकी थप सदस्य, विभागीय प्रमुख तथा सल्लाहकार समितिहरु संघको तेश्रो कार्यकालको पहिलो मासिक बैठकले सर्बसहमतिमा निर्णय पारित गरी गठन गर्नेछ ।
तमु समुदायको बाक्लो उपस्थिति विच कार्यक्रम सचिब रन्जित क्रोम्छें तमुले संचालन गरेका थिए ।