इलामे संगीतकार नरेशको संगीतमा अन्जु पन्तको आवज (भिडियो सहित)

संगीतकार नरेश भुर्तेल एक नयाँ कर्ण प्रीय सांगीतिक खुराकको साथमा बजारमा ल्याएका छन् ।
चर्चित गायिका अन्जु पन्तको मीठो आवाज, चेतन खत्रीको शब्द, बाबुल गिरिको एरेन्ज र अहिलेका चर्चित निर्देशक बिजय राजको निर्देशनमा बनेको उक्त गितमा सपना खड्का र पृथ्वीराजको निकै नै दमदार अभिनय रहेको छ ।
भिडियोलाई दिपक अधिकारीले छायांकन गरेका हुन् उक्त गितमा इलाम देखि काठमाडौ सम्मका भिभिन्न मनमोहक दृश्य कैद गरेर निकै नै मेहेनतको साथमा भिडियो सार्बजनिक गरेको निर्देशक बिजयराजको भनाइ छ । उक्त गितले संगीतकार भुर्तेल पनि थप उत्साहित भयेको बताउछन् ।
निकट भबिस्य मै एउटा आफ्नै शब्द संगीतमा रहेको पृथक रोमान्टिक गित ल्याउने तयारीमा रहेको पनि भुर्तेलले बताए  । जसमा नेपालका चर्चित गायक शिव परियारको आवाज रहनेछ । स्वभावले एकदमै सालिन र भद्र संगीतकार भुर्तेल एरेन्जर र राम्रा संगीत प्रशिक्षक पनि हुन् ।
 काठमाडौका निकै राम्रा स्कुलहरुमा समेत उनकाे छाप निकै नै राम्रो रहेको छ संगीत प्रशिक्षकको रुपमा दाम र मान दुबै रहेकोले लाइफ राम्रै गरि बितिरहेको कुरा पनि निर्धक्क बताए ।
भिडियो हेर्नको लागि यो लिंकमा किलिक्क गर्नु होस्

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता