इलामको गुफाथुम्की प्यराग्लयाडिङ परिक्षण उडान

इलाम, १० मंसिरः इलामको पर्यटकीय स्थल गुफाथुम्कीमा प्याराग्लयाडिङको सफल उडान परिक्षण गरिएको छ । 
आज गुफाथुम्की  सो परिक्षण उडान सफल भएको हो भने सिद्धिथुम्कामा पनि सम्भाव्यता अवलोकन गरिएको छ । सिद्धिथुम्कामा रुखहरु हटाएर उडाउन सकिने अध्यानको क्रममा प्यराग्लायाडिङ प्याइलटले वताएको देउमाई नगरपालिका ४ का वडा अध्यक्ष राजेन्द्र वास्तोलाले वताए ।
परिक्षण उडान देउमाई नगरपालिकाको संयोजकत्वमा भएको र पर्यटन प्रवर्धनको लागि गरिएको पनि वास्तोलाले वताए । परिक्षण उडानको लागि प्यराग्लायाडिङ पाइलट वङचु शेर्पाले परिक्षण उडान भरेका थिए । 
उडानको क्रममा स्थानीहरु भिडलागेर हेर्न आएका थिए । इलामको पर्यटन विकासमा प्याराग्लायढिङको भूमीका राम्रो हुने र यसलाई व्यवसायिक बनाउन सके पर्यटन विकासमा सहयोग पुग्ने पनि सो परिक्षण उडानको समयमा वताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता