देउसीबाट बालकन्याले गर्यो छ लाख पचासी हजार संकलन

  • बिमल अधिकारी

देउमाइ, ११ मङ्सिर : इलाम नगरपालिका ११ सोयाकमा अबस्थित श्री बाल्कन्या माबी ले देउसी भैलो कार्यक्रम सन्चालन गरेर रु छ लाख पचासी हजार रुपैया संकलन गरेको छ। बिद्यालयमा हिजो एक कार्यक्रमको आयोजना गरि सो रकम संकलन भएको सार्बजनिक गरेको हो। गत कात्तिक २० बाट औपचारिक रुपमा शुरूवात भएको देउसी कार्यक्रम आज समापन गरिएको छ।
इलाम नगरपालिकाको वडा न ११ र देउमाइ नगरपालिकाको वडा न ७,८ र ९ मा गरि जम्मा ३२ वटा केन्द्रमा भएको देउसी भैलो कार्यक्रममा शिक्षक, विद्यार्थी ,अविभावक, बिब्यस लगायतको सहभागिता रहेको थियो। निजि शिक्षक ब्यबस्थापन ,कम्प्युटर प्रोजेक्टर खरिद गरि श्रब्य दृश्य प्रबिधिबाट शिक्षणसिकाइ गर्ने, बिधालयमा नेटको ब्यबस्थापन गर्ने, फर्निचर ब्यबस्थापन गर्ने लगायतका शिर्षकमा सो रकम उपयोग गरिने बिद्यालयका प्रधानाध्यापक अमिर मान तामाङले बताउनु भयो।
बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष तेज ब घोर्साइको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा  प्रदेश न १ का साम्सद राम राना प्रमुख आतिथी, देउमाइ नगरपालिका प्रमुख सुर्य पोख्रेलको विशेष अतिथिका रुपमा उपस्थिति रहेको थियो। इनपा ११ का वडाध्यक्ष रबिन एक्तेन, देउमाइ ७ का भक्त ब एक्तेन, देउमाइ ८ का चन्द्र मगर, देउमाइ ९ का प्रेम सागर बराल विभिन्न बिधालयका शिक्षक तथा प्रतिनिधि, राजनैतिक दल प्रतिनिधि लगायतको उपस्थिती तथा आतिथ्यता रहेको कार्यक्रममा देउसीमा आर्थिक ,भौतिक ,सामजिक ,प्राबिधिक लगायतमा सहयोग गर्ने ब्याक्ति तथा संघ सस्था हरुलाइ सम्मान  गर्दै सम्मान पत्र बितरण गरिएको थियो। 
साथै कार्यक्रममा बोल्दै उक्त बिद्यालयका प्रतिनिधि हरुले यो बिधालयको सुधार अभियानमा आफ्नो छेत्र नभएपनी देउमाइ नगरपालिका कार्यलय , देउमाइका वडाहरु तथा देउमाइ नगरपालिकाका स्थानीयहरुले ब्याक्तीगत तथा सस्थागत रुपमा देखाएको सदासहायता अत्यन्तै प्रशम्सनिय रहेको र उक्त गुन कहिले नबिर्सिने बताएका छन।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता