शनिबार साँझ इलाम अस्पतालमा विरामीको विजोक, डियुटी समयमा डाक्टरहरु अन्यत्रै व्यस्त

इलाम, २५ कार्तिकः जिल्लाको एकमात्र अस्पताल इलाम अस्पतामा शनिबार साँझ विरामीहरु अलपत्र परेका छन् । इलाम अस्पतालमा साँझ उपचार गराउन आएका विरामीहरुले समयमा उपचार नपाएका हुन ।  अस्पतालमा डियुटीमा भएका कर्मचारी र डाक्टरहरु हाउजी खेल्न गए पछि अस्पताल डाक्टर र कर्मचारी विहीन भएको थियो ।
शनिबार साँझ ७ः३० बजे इलाम अस्पतालमा विरामी लिएर आएका एक सेवाग्राहीले अस्पतालमा एक जना कर्मचारी बाहेक अरु कोही भेटेनन् । उनले अस्पतालमा अन्य सेवाग्राहीहरु छट्पटाई रहेको औषधी बिक्रीकक्षमा ताला लगेको भेटाए । उनले लिएर आएको विरामी अहिले विराटनगरको नोवेल अस्पतालमा उपचाररत रहेको पनि जानकारी गराए । उनले यतिमात्र हैन अस्पताल आउने क्रममा बाटामा पनि सास्ती वेहोरे मालपथ छिर्ने ठाउँमा आइपुगे पनि चोकमा हाउजी हुन लागेको र अहिले यहाँबाट चोक जान नपाईने भन्दै उनी चियाबारीको बाटो घुमेर अस्पताल पुग्न बाध्य भए । 

शनिबार साँझमात्र नभएर अन्य समयमा पनि इलाम अस्पतालका डाक्टरहरु डियुटीको समयमा अन्य मेडिकलहरुमा विरामी जाँचगर्न जानेगरेको जनगुनासो रहेको छ ।
इलाम अस्पतालमा अहिले ९जना विषेशज्ञ डाक्टर सहित १५ जना डाक्टरको दरवन्दी रहेको छ तर अहिले अस्पतालमा ७ जना डाक्टर मात्र रहेका छन् । अस्पतालका डाक्टर डियुटीको समयमा अस्पतालमा नहुने गुनासो अस्पताल व्यवस्थापन समितिका संयोजक गणेश बराललाई सुनाउँदा उनले भने म भर्खरै मात्र समितिको संयोजक भएकोले सवै कुरा थाहा नभए पनि अस्पतालमा अस्पताल समयमा डाक्टर अस्पतालमै विरामीको सेवामा हुनु पर्छ त्यस्तो नभएमा कारवाही हुन्छ । तर डियुटी समय बाहेक अन्य समयमा डाक्टरहरुलाई अन्यत्र जानकमा अस्पतालले कुनै रोक लगाउने छैन । अस्पतालाई सुधार गरेर वढी भन्दा वढी विरामीहरुको सवामा ध्यान दिन पनि आफु लागि पने उनले वताए ।
इलाममा हाउजी हुँदा मात्र नभएर चोकमा अन्य कार्यक्रम भएको बेलामा पनि ट्राफिक व्यवस्थापनमा समस्या आउने गरेको जिल्ला ट्राफिक इन्चार्ज पदम राई वताउँछ । उनी भन्छन् तर हामीले विरामीहरुलाई सहजरुपमा अस्पताल पुग्ने वातावरण वनाउने गरेका छौ । उनले भने चोक बजार साँगुरो र सवरी साधनको भिडभाड हुने भएकाले यस्ता कार्यक्रमहरु चोकबजारमा नगरेर अन्य खुल्ला ठाउँमा गरिदिए ट्राफिक व्यवस्थापनमा सहज हुने थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता