- बिमल अधिकारी

देउमाइ, २० कार्तिक: इलाम देउमाइ नगरपालिकाको वार्ड न ९ जितपुर नवमीमा नेपाल तरुण दल जितपुरको आयोजनामा भैरहेको पुरुष खुल्ला नकआउट फुटबल प्रतियोगिताको पहिलो चरण अन्तर्गत दोस्रो दिनको आजको पहिलो खेलमा याङ्नाम फुटबल क्लब सोयाकले १ का बिरुद्ध ४ गोल गर्दै चियाबारी फुटबल क्लब देनपा ८ लाई पराजित गरेको छ। त्यस्तै दोश्रो खेलमा अजम्बरे बौद्ध स्पोर्टिङ क्लब ले १ का विरुद्ध ५ गोल गर्दै जितपुर फुटबल क्लब लाई पराजित गरेको छ।
भोलिको पहिलो खेल फाल्गुनन्द स्पोर्टिङ दे न पा ९ र तालखर्क बौद्ध स्पोर्टिङ त्यस्तै दोश्रो खेल सिम्ले स्पोर्टिङ इनपा र नब ज्योति स्पोर्टिङ देनपा ८ बिच हुने आयोजक समितीका पवन कट्टेलले बताउनुभयो।
इलाम झापाका गरि जम्मा २० टिमको सहभागिता रहेको खेलको बिजेताले नगद रु एकाउन्न हजार, उपबिजेताले रु एकतिस हजार त्यस्तै उत्कृष्ट गोल रक्षक, सर्बाधिक गोलकर्ताले ट्रफि मेडल तथा प्रमाणपत्र पाउने छन।जितपुर माबीको खेल मैदानमा संचालित खेलको फाइनल भने कार्तिक ३० गते हुने छ।नेपाली काङ्ग्रेस इलामका डम्मर खड्का ले प्रथम पुरस्कार,निर्माण ब्यबसायी संघ इलाम अध्यक्ष सुबास चिपालुले दोश्रो पुरस्कार प्रायोजन गरेको खेल को अ्म्पायर ब्यबस्थापन बापतको खर्छ भने बिब्ल्याटेका ब्यबसायी कृष्ण पौडेलले प्रायोजन गरेको बताइएको छ।