इलाममा हुने भनिएको लगानि सम्मेलन अर्को निर्णय नआएसम्म स्थगित

इलाम, २० कार्तिकः इलाम नगरपालिकाल कार्तिक २५ गते गौतमबुद्ध सभागृह इलाममा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा लगानी प्रवद्र्धन सम्मेलन आयोजना गर्ने निर्णय भएकोमा सो लगानी सम्मेलनका लागि पर्याप्त तयारी गर्न समय नपुगेको हुनाले उक्त मितिमा सम्मेलन आयोजना गर्न कठिनाई भएको हुँदा अर्को निर्णय नभएसम्मका लागि इलाम लगानी सम्मेलन स्थगित गर्ने निर्णय गरेको  छ । मगलबार वसेको बैठकले यस्तो निर्णय गरेको हो  । यसैगरी बैठकले नगर प्रहरी ब्यवस्थापन ऐनलाई विधेयकको रुपमा आगामी नगर सभामा पेश गर्ने निर्णय गरेको छ । 
साथै इलाम सदरमुकाम स्थापनाको २०० वर्षको अवसरमा आयोजित “इलाम हाम्रो गौरव” कार्यक्रम अन्तर्गत इलाम न.पा. मा आन्तरिक पूँजी परिचालन र बाह्य लगानी आकर्षित गरी स्थानीय रोजगारी सिर्जना तथा नागरिकहरूको आम्दानी अभिबृद्धि गरी आर्थिक समृद्धि हासिल गर्नका लागि लगानी सम्मेलन आयोजना गर्ने सम्बन्धमा २०७५ कार्तिक १८ गतेका दिन काठमाडौमा पूर्व तयारी बैठक पूर्व प्रधानमन्त्री तथा इलाम क्षेत्र नं. १ का सांसद झलनाथ खनालको प्रमुख आतिथ्य, पूर्व सभामुख÷ संविधान सभा अध्यक्ष तथा इलाम क्षेत्र नं. २ का सांसद सुवासचन्द्र नेम्वाङ्गको विशेष आतिथ्य, सांसदहरु अगम बान्तवा, सुजाता परियार, उमेश श्रेष्ठ लगायत नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरु समेतको सहभागितामा सफलताका साथ सम्पन्न भएको नगर प्रमुख महेश बस्नेतबाट बैठकमा जानकारी गराउनुभएको थियो । काठमाडौंमा आयोजित लगानी बैठक सफल पार्न उपस्थित प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरु, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, कार्यकारी निर्देशक श्री पाण्डे लगायत महासंघका कर्मचारीहरुमा धन्यवाद ज्ञापन गर्दै सो बैठक सफलताका साथ सम्पन्न गराउन सहयोग गर्नु हुने नेपाल उद्योग वाणिज्य महासंघ, इलाम उद्योग वाणिज्य संघ, लगानी प्रवद्र्धन समितिका सदस्यहरु कृष्ण शाह, अर्जुन भटृराई, आनन्द कटृेल लगायत टंक खनाल, मौसम खनाल, कृष्ण काप्mले, सोम सुसेली समेत सम्पूर्ण सञ्चारकर्मीहरु साथै लगानी प्रवद्र्धन सचिवालयका कर्मचारीहरुलाई धन्यवाद दिने निर्णय भएको छ ।
यसैगरी इलाम नगरपालिका वार्ड नं. २ बस्ने सागरमणि घिमिरेले खेलमैदान निर्माणका लागि इलाम नगरपालिका २ नं. वडा कार्यालयलाई निशुल्क रुपमा ५ रोपनी जग्गा उपलब्ध गराउनु भएकोमा धन्यवाद ज्ञापन गर्ने भयो साथै २०७५ सालको तिहार, नेपाल संवत, फाल्गुनन्द जयन्ती र छठ पर्वको अवसरमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्ने निर्णय समेत भएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता