कर्णाली गरीब छ कम्जोर छ भनेर कर्णालीका यूवाहरुले हीनताबोध गर्ने होईन:नेता शाह

काठमाडौं  १४ मंसिर : नेपाली कांग्रेसका युवा नेता ऋषिकेश जंग शाहले  राजधानीको बालुवाटारमा युथ नेटवार्क नेपालद्वारा आयोजित समृद्ध कर्णाली र युवा बिषयको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली गरीब छ कम्जोर छ भनेर कर्णालीका यूवाहरुले हीनताबोध नगर्न आव्हान गरेका छन। 
सोही कार्यक्रममा उनले भने हामीले हाम्रो इतिहास गढ़वाल राज्यले वार्षिक १००० धार्नि तामा र भोट राज्यले वार्षिक १० धार्नि सुन सीजा राज्यलाई कर बुझाऊने गौरबपूर्ण इतिहास सम्झेर  हामी अघि बढ्नु पर्छ। नेता शाहले त्यो गौरबपूर्ण सीजा राज्यको उत्खनन गरेर सीजामा संग्राहलय बनाउनु पर्नेमा पनि जोड दिए। कर्णालीको पर्यटन , कृषि , पशुपालन , ज़डिबूटीको बिकाश व्यवसायिक्ताका लागी राजनैतिक बिचार भन्दा माथी उठेर सहकार्य र एकताका साथ सबै युवा साथिहरुले काम पर्ने पनि नेता शाहले बताए।  
सबै संग आ-आफ्नो बिचार भए पनि हामी त्यही बिचारको आधारमा झगडा गरिरहे कर्णाली समृद्ध हुन नसक्ने नेता शाहले तर्क गरे। 
कर्णालीले अर्काको देशको समृद्धि नखोजेर आफ्नै भुमिमा समृद्धि खोज्नुपर्नेमा पनि नेता शाहले जोड दिए। कर्णालीको कृषि उपज बिशिष्ठ छ त्यसलाई ब्याबसायिक बनाएर लैजान सके हामी अन्य प्रदेशको तुलनामा समृद्ध प्रदेश बन्ने नेता शाहले बताए
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता