नेपालमा ३१ हजार एचआईभी संक्रमित

काठमाडौ ,मंसिर १५ : नेपालमा  ३१ हजार २० जना मानिसमा एचआईभी संक्रमण रहेको पाईएको छ । जसमा १९ हजार २० जना पुरुष र १२ हजार महिला रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अनुमानित तथ्याङकले देखाएको हो । सो तथ्याङकले महिला भन्दा पुरुष एचआईभी संक्रमणको जोखिममा रहेको देखाएको छ । १हजार १ सय ९२ जना बालबालिकामा एचआईभी संक्रमण रहेको पाईएको छ । 
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा.अनुप बास्तोलाले एचआईभी संक्रमणका विरामीहरु सुरुको अवस्थामा अस्पताल नै नआउँने अस्पताल आएपनि अन्तिम अवस्थामा मात्र आउँने गरेको बताए । “ यस्ता विरामीहरु घरपरिवारमा र समाजको डरले उपचारका लागि अस्पताल नजाने गरेका र औषधी सेवन गरिरहेका विरामीहरु औषधी विचैका छोड्ने गरेका छन् । ” उनले भन्ने “यो रोग लागि सकेपछि कहिलै ठिक हुदैन् । तर नियमित औषधी सेवन गरे रोगथाम भन्ने हुन्छ ।”
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक तारानाथ पोख्रेलले नेपालमा ७६ प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौन सम्पर्कबाट हुने गरेको  बताए । उनले भन्ने “एचआईभी एड्सको उच्च जोखिममा यौनकर्मी महिला , सुईद्धारा लागुपदार्थ प्रयोग गर्ने ,पुरुष संमलिगी तथा तेस्रोलिगीहरु ,रोजगारीका लागि विदेशिनेहरु र जेलका कैदीहरु रहेका छन् ।” समाजमा एचआईभीका विरामीलाई हेर्ने दृष्टिकोणलाई परिर्वतन ल्यानुपर्ने निर्देशक पोख्रेल बताउँछन् ।
केन्द्रका विरहादुर रावलले सुइद्धारा लागुपदार्थ प्रयोग गर्नेहरु र पुरुष संमलिगीहरु यसको सक्रमणको दर अन्य भन्दा बढि रहेका बताए । उनले भन्ने “पछिल्लो समय यौनकर्मी महिलाहरु ,बैदेशिक रोजगारी भन्दा पनि सुईद्धारा लागुपदार्थ प्रयोग गर्ने र पुरुष संमलिगीहरुमा एचआईभीको संक्रमण बढि देखिने गरेको छ ।” १५ देखि ४९ वर्षको उमेरमा एचआईभीको ०.१५ प्रतिशत रहेको बताइएको छ ।
केन्द्रका अधिकृत ओम कठायतले एचआइभी संक्रमणमितले अब स्थानिय तहबाट नै सेवा लिन सक्ने बताए । एचआइभीका विरामीहरु अझै पनि स्थानिय तहमा नै सेवा भएपनि नजाने ,केन्द्रमा नै गएर औषधी सेवन गर्ने गरेको उनले गुनासो गरे । चिकित्सका अनुसार पछिल्लो समय यो रोगको संक्रमणबाट मृत्यु हुनेदर २३ प्रतिशतले घटेको बताउँछन् ।
विश्व स्वास्थ्य संगठनको तथ्याङक अनुसार विश्वमा ३ करोड ७० लाख मानिसमा यो रोगको संक्रमण देखिएको छ । जसमा ५९ अर्थात २ करोड १७ लाख मात्र एआरभी उपचारमा गरिरहेको संगठनले देखाएको छ । नेपालमा ६१ प्रतिशत नयाँ एचआईभीका संक्रमित घटेको केन्द्रले जनाएको छ । सरकारले हरेक वर्ष डिसेम्बर १ कादिन विश्वभर विश्व एड्स दिवस विभिन्न जन चेतनामुलक कार्यक्रम गरेर मनाउँदै आएको छ । यस वर्षको नारा ‘एचआइभी जाँच गराऔं, आफ्नो अवस्था थाहा पाऔं’ रहेको छ । सरकारले २०३०सम्ममा एड्सको माहामारीलाई अन्त्य गर्ने लक्ष्यका साथ एचआईभी तथा एड्स सम्बन्धी विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गदैआएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता