सुर्योदय नगरपालिकाको जेष्ठ नागरीकको टोलि काठमाडौमा, पुर्वप्रधानमन्त्री खनालद्वारा स्वागत


  • राजकुमार दहाल                                                         

मंसिर १२ काठमाडौ  : सुर्योदय नगरपालिका फिक्कलको आयोजनामा गत ९ गतेबाट जारी देशदर्शन टोलिले शुक्रबार काठमाडौको विभिन्न स्थानको अवलोकन गरेको छ । नगरका जेष्ठ नागरिकको टोलिले जनकपुर चितवनको देवघाट, लुम्बिनी ,पोखरा ,को भ्रमण सकेर बिहिबार काठमाडौ आईपुगेको हो । 
यसैबीच  वरिष्ठ नेता पुर्वप्रधानमन्त्री झलनाथ खनालले सुर्योदय नगरपालिकाका जेष्ठ नागारिकलाई भेटेर स्वागत गर्नु भएको छ। श्रीकृष्ण प्रणामी मन्दिर नौतनधाम काठमाडौको सभाहलमा आयोजित कार्यक्रममा पुर्वप्रधानमन्त्री खनालले सबैलाई खदा ओडाएर स्वागत गर्नु भयो । खनालले जेष्ठ नागारीक अनुभवको खानी भएको भन्दै जेष्ठ नागरिक प्रती देशमै नमुनाको रुपमा नगरले देखाएको सेवा सम्मानको उच्च मुल्यांकन गर्दै सुर्योदय नगरपालिका ले देखाएको कार्यको प्रसम्सा गर्नु भयो । उहाँले जेष्ठ नागरिक देवतुल्य भएको कारण जिवनका  बृद्वकालमा यसरी देश तथा धामहरु घुम्न पाउनु आफैमा ठूलो उपलब्धि भएकोले बुवाआमाहरुलाइ बधाई दिनु भयो । 
कम्निस्ट सरकार देशमा भएकोले सबैको भलो हुने तथा देशमा बिकासको क्रम सुरु भएको बताउनु भयो । आफू अझै १५/२० बर्ष एक्टीभ रुपमा काम गर्न सक्ने हिम्मत रहेको बताउदै खनालले इलाममा अब विकासको गति तिब्र हुने र त्यसको नेतृत्व प्रदेश स्थानीय र केन्द्र सरकार को साथमा आफुले लिने उदघोश गर्नु भयो ।  जेष्ठ नागारीक सु न पा १४ कि गङ्गामाया खतिवडा ले सुर्योदयनगरपालिकाले आफुहरु प्रति गरेको यो सेवा अति राम्रो भएको र यसरी देश हेर्न पाउला भन्ने आश मारीसकेको अवस्थामा देश दर्शन गराएर ठूलो गुण लगाएको बताउनु भयो   उहाले पुर्वप्रधानमन्त्रीको हातबाट यसरी सम्मान पाउँदा त झन मनमा खुसीको सिमा नै नरहेको बताउनु भयो । 
अर्का जेष्ठ नागरिक वाड न ९ का हर्क धन राई ले यो उमेर मा देश घुमाएर नगरले अति उपकारगरेको बताउनु भयो । यसरी देश देश हेरेपछी झन आफुहरुमा हिम्मत   जागेको भन्दै खुशी व्यक्त गर्नु भयो ।यता आजै बिहान श्रीकृष्ण प्रणामी युवा परीसद नेपाल केन्द्रिय कमिटी ले पनि जेष्ठ नानागरीकलाई स्वागत गरेको छ ।परीसद का केन्द्रिय अध्यक्ष नमराज ढकाल निवर्तमान अध्यक्ष मात्रीका प्याकुरेल महासचिव सुमन पुडासैनी लगायत ले दोसल्ला ओडाएर सम्मान गर्दै सुर्योदय नगरपालिका ले देखाएको कार्यको अति उदारणिय भएको बताउनु भ्यो ।  
नौतन धाम का संचालक समिति अध्यक्ष बिस्णु चमलागाईले इलामको सुर्योदय नगरपालिका ले देखाएको कार्य देशमै उदारणीय भएको भन्दै यो सबैले सिक्नु पर्ने बताउनु भयो । यता टोलि सम्योजक सुनपा ९ का अध्यक्ष देवेन्द्र शर्माले देशभरीबाट यस कार्यको प्रसम्सा भएको र सबै स्थानमा टोलिलाई साथ दिने सबै सस्था व्यक्ति प्रति आभार प्रकट गर्नुभयो ।  सो टोलिले नारायणहिटी दरवार पशुपति नाथ बौद्ध लगायतको दर्शन भ्रमण अवलोकन गरेको छ । भोलि मनकामना लगायत को दर्शन गर्ने कार्यक्रम रहेको कार्यपालिका सदस्य ललिता नेपालले जानकारी दिनुभयो । । टोलि मा नगरका १४ वाडका ७० जना जेष्ठ नगरिक रहेका छन  । 
आफै खर्च गरेर घुम्न नसक्ने यस अघि कतै नघुमेका बिपन्न लाई देशदर्शन गराउने नगरको योजना अनुसार यो भ्रमण सुर्योदयनगरपालिकाले आयोजना गरेको वाड न ११ का वाड अध्यक्ष टेक बहादुर राईले जानकारी गराउनु भयो । टोलि मा कार्यपालिका सदस्य सशिकला लेप्चा स्वथ्य कर्मी लगायत को सहभागिता रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता