इलामको साजबोटेमा भाइले दाजुलाई खुकुरी प्राहार, भाग्दै गर्दा प्रहरीको फन्दामा

इलाम १५ मंसिरः  इलाम नगरपालिका ९ साजबोटेका नविन सुवेदीले आफ्नौ दाजुलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् । घरायसी विवादमा २८ वर्षे सुवेदीले ३० वर्षका दाजु संजिव सुवेदीलाई खुकुरी प्रहार गरेका हुन् । सुवेदीको हातको औला छिनेको छ भने टाउकोमा गम्भीर चोट लागेको छ । 
घाइते सुवेदीलाई इलाम अस्पतालमा सामान्य उपचारपछि झापाको अस्पतालतर्फ लगिएको छ । दाजुलाई खुकुरी प्रहार गरेर भाग्ने क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साधा पोषाकका प्रहरीले विष्णु नविनको शालिक नजिकै चियाबारीबाट पक्राउ गरेका छन् । पक्राउ परेका सुवेदीले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ । सरलपाटीबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता