कारले ठक्कर दिँदा बाटो हिँडीरहेका सातजनाको मृत्यु

बेइजिङ, ११ मङ्सिर (रासस/एएफपी)  दक्षिणपश्चिमी चीनको एक शहरमा एक कारले ठक्कर दिँदा बाटो हिँडिरहेका कम्तीमा पनि सातजना बटुवाको मृत्यु भएको छ । 
दक्षिणपश्चिमी चीनको लेसान शहरमा मङ्गलबार बिहान सो दुर्घटना भएको हो । सडकमा गुडिरहेको कार अकस्मात सडक किनाराबाट आफ्नो बाटो हिँडिरहेका नागरिकलाई ठक्कर दिन पुगेको थियो । 
यसरी कार अकस्मात बटुवाहरुको भिडतर्फ लागेपछि यसले ठक्कर दिइ सातजनाको घटनास्थलमै निधन भएको बताइएको छ । 
यस दुर्घटनामा परी अरु चार जना नराम्ररी घाइते भएका छन् । उनीहरुलाई नजिकैको अस्पताल पु¥याइएको छ । 
एक कारले बाटो काटिरहेका बालबालिकालाई हान्दा सात जनाको ज्यान गएको घटनाको केही दिनपछि यो अर्काे दुःखद घटना भएको चिनियाँ प्रहरीले जानकारी दिएको छ । 
मङ्गलबार बिहान दुर्घटना गराउने कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । सो दुर्घटनाको कारण के हो भन्ने बारेमा केही बताइएको छैन । 
प्रहरीले विज्ञप्ति प्रकाशन गरेर उक्त घटना के कसरी हुन पुगेको हो भन्ने बारेमा अनुसन्धान शुरु भएको जनाएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता