लागुऔषधसहित तीन पक्राउ

काठमाडौँ, १२ मङ्सिर (रासस) : महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । 
प्रभागको टोलीले झापाको विर्तामोडबाट काठमाडौँ आउँदै गरेको ना५ख ४९७३ नंको बसमा चेकजाँचका क्रममा झापाका २२ वर्षीय राजु दाहाललाई आज पक्राउ गरेको हो । पक्राउ दाहालसँग अनुसन्धान गर्दा ललितपुरका २३ वर्षीय अजय लिम्बू र २५ वर्षीय विजय राईलाई समेत पक्राउ गरेको हो । 
प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक केशव भट्टले ८० एम्पुल डाइजेपाम, ८० एम्पुल फेनार्गन र ८० एम्पुल नुर्फिनसहित पक्राउ गरिएकोे जानकारी दिनुभयो । झोलामा लुकाएर ल्याएको अवस्थामा उक्त लागुऔषध फेला परेको हो । पक्राउ परेका दाहालसँग सोधपुसपछि बाँकी दुई जनालाई नियन्त्रणमा लिएको भट्टले बताउनुभयो ।
पक्राउ परेका तीनै जनालाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान प्रक्रिया थालिएको प्रभागले जनाएको छ । उनीहरुसँग तीनसय ट्याब्लेट नाइट्राभेट समेत बरामद गरेको प्रभागका प्रमुख भट्टले बताउनुभयो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता