ट्रकको ठक्करबाट युवकको मृत्यु

तौलिहवा, १२ मङ्सिर (रासस) : पूर्व पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ हरकुर खोला नजीक ट्रकको ठक्करबाट एक जना युवकको मृत्यु भएको छ । 
भैरहवाबाट दाङतर्फ जाँदै गरेको ना६ख १२०१ नंको ट्रकको ठक्करबाट विपरीत दिशातर्फ जाँदै गरेको लु३६प ४९९३ नंको मोटरसाइकल एकापसमा ठोक्ँिकदा मोटरसाइकलमा चालक बुद्धभूमि नगरपालिका–२ बस्नेत २४ वर्षीय सफिकुल पखियाको मृत्यु भएको प्रहरीले जनाएको छ । 
ट्रकको ठक्करबाट घाइते भएका मोटरसाइकल पखियाको उपचारका क्रममा बुटवल अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालक, ट्रक र मोटरसाइकल इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा राखिएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता