इलामका जीएम राईको ‘माया तिमी गर्छाै भने’ सार्वजनिक (भिडियो सहित)

  • जीवन लिम्बू 

काठमाण्डौ, १२ मंसिरः गायक जिएम राईको (माया तिमी गर्छाै भने) गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बुढासुब्बा डिजिटल प्रा.लि ले बुधवार युटुव मार्फत भिडियो सार्वजनिक गरेको हो । 
इलाम चुलाचुलीका गायक राई सानो उमेर देखी नै गीत संगितको क्षेत्रमा होमिएका गायक हुन् । गीत संगितको क्षेत्रमा आफ्नो भविष्य देख्ने राईले विशेष गरि लोक तथा आधुनिक पप गीतहरु रुचाउने गरे पनि सबै खाले गीतमा स्वर दिन सक्ने गायकको रुपमा आफलाई अव्वल ठान्ने गर्दछन् । गीतमा पछिल्लो समय निक्कै व्यवस्त निर्देशक तथा कोरियोग्राफर दिनेश लिम्बूको निर्देशन रहेको छ । टिका बम्जनको शव्द रहेको गीतको एरेन्ज पवन लामाले गरेका हुन् । गीतमा निराजन प्रधान र रेखा फागोको अभिनय रहेको छ । गीतको छायाङ्कन अर्जुन तिवारि र सम्पादन बिकास धमलाले गरेका हुन । 
हेर्नुहोस भिडियो 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता