इलाममा बुद्दिचाल शुरु

इलाम, २८ मंसिरः इलाम जिल्ला स्तरिय रेटिङ तथा जिल्ला छ्नौट प्रतियोगिता सुरु भएको छ । इलाम जिल्ला बुद्दिचाल र जिल्ला खेलकुद विकास समिती इलामको आयोजना सुरु भएको प्रतियोगितामा  ३२ जनाको सहभागिता रहेको छ । 
बुद्दिचाल संघका अध्यक्ष यामप्रसाद लिम्बुको अध्यक्षता एवं जिल्ला समन्वय समिती प्रमुख गणेश प्रसाद बरालको प्रमुख आतिथ्यता भएको प्रतियोगिताको उद्घाटनसत्रमा कृकेट संघ अध्यक्ष मन बहादुर गुरुङ, फुटबल संघ अध्यक्ष महेश श्रेष्ठ, राष्ट्रिय आर्बीटर हर्कराज राई, जुबिलेन्ट इलाइट प्रिन्सिपल भुषण सुब्बा र बुद्धिचाल संघका सल्लाहकार सुरेन्द्र राइअको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा इलामका अन्तर्राष्ट्रिय रेटेड खेलाडी ७ जना, विद्यार्थी १३ जना र अन्य १३ जना खेलाडीको सहभागी रहेको छ । आठौ राष्ट्रिय प्रतियोगिता अन्तर्गत इलाम जिल्लाबाट सहभागी हुने २ जना र इलाम च्याम्पियन, उत्कृष्ट भेट्रान, उत्कृष्ट कलेज पुरुष तथा महिला, उत्कृष्ट विद्यालय पुरुष तथा महिला, उत्कृष्ट महिला, उत्कृष्ट १८ बर्ष कम उमेर र उत्कृष्ट अनरेटेड छ्नौट तथा पुरस्कृत गरिने छ ।
 प्रतियोगिता आज मंसिर २८ र भोलि २९ गते जुबिलेन्ट इलाइट एकेडेमिमा संचालन हुनेछ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरु तिर्थमान राई, सुरेन्द्र राई, राम प्रसाद लिम्बू, भिम लिम्बू, होमचन्द्र गौतम, प्रसान्त दास चेम्जोङ, याम प्रसाद लिम्बू, डा।सुवास अधिकारी, सुर्यराज आङदेम्बे, सत्कार भट्टराई, कुमार भट्टराई, सैलेज दाहाल, सुरज देवान, मौसमी गुरुङ, नुगेन लिम्बू, रोचक लिम्बू, सरोज लिम्बू, बिष्णु लिम्बू, राम लिङदम, दिलिम नेम्बाङ, शुभ निरौला, मिसाम राई, नरेश राई, प्रसान राई, रोसन राई, योगेस राई, सन्तोष रम्तेल, दावा शेर्पा, योगेन शेर्पा, खड्ग सुब्बा, दिया तामाङ, बिपन तुम्रोक र दिलकुमार योङहाङ रहेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता