सरकार संस्थागत भ्रष्टाचार गर्दै छः कांग्रेस नेता महत

  • यामुना लुईटेल

इलाम, १६ पुसः नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले धर्मको बारेमा पार्टीमा कुनै किसिमको प्रस्ताव नआएको र छलफलसमेत नभएको बताएका छन् ।
नेपाली  कांग्रेस जिल्ला कार्यसमिति इलामको आयोजनामा  नेता तथा कार्यकर्ता साथै  पत्रकार  भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।  पत्रकारसँग कुरा गर्दै डा. महतले हिन्दू धर्मको बारेमा पार्टीमा कुरा नउठेको स्पष्ट पारेका छन् । डा. महतले गुट बन्दी पार्टीका लागि घातक भएको भन्दै अब व्यक्तिगत स्वार्थका लागि गुटबन्दी गर्न नहुने बताए ।
डा. महतले सरकारले संस्थागत रुपमा भ्रष्टाचार गरेको आरोप लगाएका छन् । उनले पाटीको क्रियाकलापका बारेमा कुरा गर्दे हिजोका दिनमा भएका कमीकमजोरीलाई सच्गाएर अघि वढ्ने नेपाली कांग्रेस पहिलो पाटी हुने बिश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस इलामका सभापति हिमालय कर्मचार्य, नेपाली कांग्रेसका नेता तथा समाजसेबी डम्बर खड्रका, पाटीका नेता कार्यकर्ता पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता